• १२ असोज २०८३, सोमबार
  • ५ः२३ बेलुका

काँग्रेसको दायित्व संसदीय प्रणाली जोगाउनु हो: नेता पौडेल

प्रकाशित मिति

२०७७ चैत्र २९ गते, आईतवार ०४:४८

दमौली : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसदीय प्रणाली जोगाउने कांग्रेसको दायित्व भएको बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतरामा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले संसदीय प्रणाली विरुद्ध राष्ट्रियरअन्तर्राष्ट्रिय रुपमा षड्यन्त्र भइरहेको त्यसलाई बचाउन सबै लाग्नुपर्ने बेला आएको बताए ।

National Life

काँग्रेस ७० वर्षदेखि संसदीय प्रणालीको पक्षमा लडेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भने, ‘आज त्यही प्रणाली जोगाउने प्रमुख सवाल हो, त्यसका लागि सबैले प्रयत्न गर्नुपर्छ ।’ वरिष्ठ नेता पौडेलले सत्ताभन्दा व्यवस्था महत्वपूर्ण भएकाले सत्ताका लागि भन्दा व्यवस्थाका लागि बढी चिन्ता गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रको नेतृत्व गर्ने पार्टी चाहिएको भन्दै वरिष्ठ नेता पौडेलले काँग्रेसलाई जनताको भरोसाको पार्टी बनाउन आवश्यक रहेकोमा जोड दिए । काँग्रेसले जे बोल्छ त्यसो बोल्दा जनतामा भ्रम पर्न नहुने उनको भनाइ थियो । ‘कांग्रेसलाई व्यक्ति पूजा गर्ने प्रवृत्तिबाट पनि बचाउनुछ, काँग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउनुपर्नेछ’ पौडेलले भने ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया