पत्रकार महासंघको अध्यक्षमा विपुलको जीत
प्रकाशित मिति
२०७७ चैत्र २८ गते, शनिबार ०३:०८
काठमाडौं :नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेलको जीत भएको छ । हालसम्म को मतगणना अनुसार मतान्तर बढी रहेकाले विपुलको जीत सुनिश्चित भएको हो । यद्यपि निर्वाचन समितिले भने विजेताको औपचारिक घोषणा गर्न अझै केही समय लाग्ने बताएको छ ।
सत्ता निकट पत्रकारहरुको संगठन प्रेस चौतारीबाट निर्मला शर्मा चुनावी मैदानमा आएकी हुन् । नेपाली काँग्रेस, माओवादी केन्द्र र एमालेको माधवकुमार नेपाल समूह निकट गठबन्धनबाट विपुल पोखरेल अध्यक्षका प्रत्याशी बनेका हुन् ।अध्यक्ष जत्तिकै वरिष्ठ उपाध्यक्षमा पनि मतान्तर रहेको छ । बुधबार महासंघको नयाँ नेतृत्व चयनका लागि देशभर मतदान भएको थियो । महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार बढी सदस्य मतदान प्रक्रियामा सहभागी थिए ।


केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको थियो भने केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी परेको थियो । यस्तै गजेन्द्र सिंह बुढाथोकी पनि अध्यक्षको प्रत्यासी रहेका थिए । महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ ।




प्रतिकृया