• २५ भदौ २०८३, बिहीबार
  • १ः१८ राती

अझै पत्ता लागेन कोरोना भाइरस उत्पत्तिको रहस्य

प्रकाशित मिति

२०७७ चैत्र २१ गते, शनिबार ०७:४२

काठमाडौं:  कोरोना भाइरस उत्पत्तिको रहस्य पत्ता लगाउन चीनको भ्रमण गरेको विश्व स्वास्थ्य संगठनको टोली कुनै ठोस नतिजामा पुग्न सकेन । टोलीले थप अध्ययन आवश्यक रहेको जनाएको छ।

National Life

 

संगठनले बुधबार सार्वजनिक गरेको एक प्रतिवेदनमा कोरोना संक्रमण अघिल्लो वर्षको डिसेम्बरमा सुरु भएको अथवा सो मितिभन्दा अघि नै फैलिएको हुन सक्ने उल्लेख छ। पहिचान भएको पहिलो बिरामीमा २०१९ डिसेम्बर ८ मा लक्षण देखिएको तर त्यसअघिका केस अध्ययन गर्न वैज्ञानिकलाई सेप्टेम्बरसम्मको जैविक नमुनाहरूको तथ्यांकमा पहुँच हुनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ।

Classic Tech Mobile
Classic Tech Desktop

 

प्रतिवेदन सार्वजनिक गर्दै संगठनका महानिर्देशक डा. टेड्रोस अथानोम घेब्रेससले यो रहस्य पत्ता लगाउन थप अध्ययन आवश्यक रहेको देखिएको बताए। चिनियाँ वैज्ञानिकसमेत सहभागी रहेको उक्त टोलीले यो वर्षको १४ जनवरीदेखि १० फेब्रुअरीसम्म चीनको स्थलगत भ्रमण गरेको थियो।

‘भाइरस उद्गमस्थल पत्ता लगाउन समय लाग्छ र विश्वलाई हामीले यो जानकारी गराउनैपर्छ कि यसले भविष्यमा हुने जोखिमलाई न्यून गर्न सहकार्य आवश्यक छ। कुनै एउटा अध्ययनले सबै उत्तर दिन सक्दैन,’ प्रतिवेदन सार्वजनिक गर्दै महानिर्देशक घेब्रेससले भने।

यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिकृया