• २५ भदौ २०८३, बिहीबार
  • १२ः२३ राती

बैतडीमा भेटियो दोस्रो फलाम खानी

प्रकाशित मिति

२०७७ चैत्र २१ गते, शनिबार ०७:३८

काठमाडौं: बैतडीमा दोस्रो फलामखानी भेटिएको छ । पुरचौडीपछि सिगास गाउँपालिका–१, सुगरखालमा फलामखानी भेटिएको हो ।

National Life

 

सिगासा गाउँपालिका–१ को सुगरखाल, दाब र जुकेपानी नजिक लोहारपानीमा फलामखानी भेटिएको वडाध्यक्ष गगनसिंह धामीले बताए ।

Classic Tech Mobile
Classic Tech Desktop

 

फलामखानी भएको स्थान पाटन नगरपालिकाको खोड्पेबाट एक घण्टाको दूरीमा रहेको छ ।

जयपृथ्वी मार्गको वृन्द्रावनबाट आधा घण्टामा खानी नजिक पुग्न सकिन्छ । फलाम भएको स्थानमा मेसिनले खन्दा राम्रो सम्भावना देखिएको सुभम मिनिरल्स प्राइभेट कम्पनीका श्याम अधिकारीले बताए ।

अधिकारीले भने, “८० प्रतिशतसम्म फलाम भेटिएको छ । विस्तृत अध्ययन भइरहेको छ । बिजुलीबत्ती र बाटोघाटो नहुँदा भौगोलिक कठिनाइ छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया