• ५ साउन २०८३, मंगलबार
  • ३:४७ बेलुका

थप १६७ जनामा कोरोना पुष्टि, तीन जनाको मृत्यु

प्रकाशित मिति

२०७७ चैत्र १७ गते, मंगलवार ०४:३५

काठमाडौँ:नेपालमा पछिल्लो २४ घण्टामा १६७ जना कोरोना संक्रमित थपिएका छन्।  यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार १४७ पुगेको छ।

 

Kamana Sewa

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ११५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ७२७ पुगेको छ।  हाल देशभर १ हजार ३ सय ९० जना सक्रिय संक्रमित रहेका छन्।

Classic Tech Desktop

 

मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट थप तीनजनाको मृत्यु भएको छ। देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३० पुगेको छ।

प्रतिकृया