• २२ भदौ २०८३, सोमबार
  • १ः२१ राती

कोरोना भत्ता नपाएको भन्दै चिकित्सक एक्लै आन्दोलनमा

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार ०५:३८

काठमाडौँ: मीनभवनस्थित सिभिल अस्पतालमा कार्यरत डा। अजित मलिक केही दिनदेखि आन्दोलित छन्। उनको गुनासो छ– महामारीको समयमा आफ्नो ज्यान जोखिमा राखेर खटिँदा पनि सरकारले दिने भनेको कोरोना भत्ता पाइएन।

National Life

उनी सेतो रंगको एप्रोन लगाएरै माइतीघर मण्डलास्थित सडकमा एक्लै उभिन्छन्। उनले हातमा समातेको प्लेकार्डमा लेखिएको छ– ‘मेरो कोभिड १९ को भत्ता हराएको सूचना–कृपया पाउने महानुभावले सम्पर्क गरिदिनुहोला। मास्क, सेनिटाइजर र सामाजिक दूरी कायमै छ। तर सरकारको नियत कायम छैन११ सरकार।’

 

Classic Tech Desktop

कोरोना संक्रमितको उपचारमा खटिँदा आफै संक्रमित हुँदासमेत भत्ता नपाएको उनी बताउँछन्। सरकारले वेवास्ता गरेका कारण दबाब सिर्जना गर्न आफूले प्लेकार्डसहित प्रदर्शन गरिरहेको उनको भनाइ छ।

प्रतिकृया