• २२ भदौ २०८३, सोमबार
  • १ः२१ राती

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु

प्रकाशित मिति

२०७७ चैत्र १५ गते, आईतवार ०५:२९

काठमाडौं: काठमाडौं, चितवन, गोरखा, नवलपरासी (पश्चिम), उदयपुर, नवलपरासी (पूर्व), बर्दिया र महोत्तरीका छुटाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी १० जनाको मृत्यु भएको छ ।

National Life

काठमाडौं  कलंकी चोकमा बा.२ क ५८९३ नम्बरको टिपरको ठक्करबाट हाल नाम, थर, वतन नखुलेका करिब २५ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै चितवन, भरतपुर महानगरपालिका-२२ पकौडीमा ना.५ ख २१५० नम्बरको बस र ना.४० प ७०८२ नम्बरको स्कुटर  एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा स्कुटरमा सवार ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा स्कुटर चालक सोही महानगरपालिका-६ गितानगर बस्ने ४५ वर्षीय मोहन अधिकारी, उनकै छोरी १७ वर्षीया बिनिसा अधिकारी र उनकै दाइकी छोरी १७ वर्षीया दिबिसा अधिकारी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Classic Tech Desktop

गोरखा, गोरखा नगरपालिका-१० शिर्दीमा ग.१ त ४३७१ नम्बरको ट्याक्टरबाट खसेर सोही ट्याक्टरले ३२ बर्षीय दिल बहादुर नेपालीको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

नवलपरासी (पश्चिम), सरावल गाउँपालिका-१ भगडा चोक नजिकै  ग.१५ प ३४९८ नम्बरको मोटरसाइकलले २ वटा साईकललाई शनिबार साँझ ठक्कर दिँदा साईकलयात्री बर्दघाट नगरपालिका-८ कुमाल टोल बस्ने ५० बर्षीय हिरालाल कुमालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका १ जना साइकलयात्री र मोटरसाइकलमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर, चौदण्डीगढी नगरपालिका-४ बर्खेडाँडामा स.१ त ७६२० नम्बरको ट्याक्टरबाट झर्ने क्रममा ट्याक्टरले किच्दा२८ बर्षीय रुपेश लामगादेको मृत्यु भएको छ । गम्भीर घाइते भएका उनको उपचारको लागि बेल्टार अस्पताललैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको  छ ।

नवलपरासी (पूर्व), कावासोती नगरपालिका-१७ गोछाडामा ना.५ ख ५८५२ नम्बरको बसमा लु.३८ प ६७९८ नम्बरको मोटरसाइकल शनिबार राति ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलमा सवार  २१ बर्षीय देबेन्द्र महतोको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनालाई थप उपचारको लागि सेन्ट्रल अस्पताल भरतपुरतर्फ लगिएको छ ।  बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

वर्दिया, बाँसगढी नगरपालिका-३ उत्तरभकारी चोक नजिक सडकमा ना.१ ज ५०७२ नम्बरको गाडीको ठक्करबाट  ८ वर्षीय सागर लम्सालको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

महोत्तरी, बर्दिवास नगरपालिका-३ कालापानीमा बा.७ च ४९४३ नम्बरको कारको  ठक्करबाट  बेलबहादुर परियारको छोरा १२ वर्षीय पुष्कर परियारको आइतबार दिउँसो मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घानामा घाइते भएका कार चालक सिरहा मिर्चैया नगरपालिका-९ का २३ वर्षीय बिपिन महरालाईथप उपचारको लागि बिराटनगर पठाइएको छ । दुर्घटनास्थलमा स्थानीय प्रहरीले उद्दार गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया