आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहेको ईएमएको निष्कर्ष
प्रकाशित मिति
२०७७ चैत्र ६ गते, शुक्रबार ०७:४४
युरोपेली युनियनको औषधि नियामक निकाय ईएमएले कोभिड–१९ विरुद्धको अक्सफर्ड–आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहको निष्कर्ष निकालेको छ।
केही मुलुकहरुले रगत जम्ने समस्या देखिएको भन्दै यो खोपमा अस्थाई प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो । उक्त अनुसन्धानबाट खोपले कुनै हानी नगर्ने निष्कर्ष निकालिएको हो।
ईएमएले अक्सफर्ड–आस्ट्राजेनेका खोपका कारण रगत जम्ने खतरा नदेखिएको तर यसबारे थप अनुसन्धान जारी नै रहने बताएको हो। सम्भावित आशंकाबारे थप अध्ययन र अनुसन्धान जारी नै रहने ईएमएले भनेको छ।

यो खोप सुरक्षित तथा प्रभावकारी रहनुका साथै फाइदा धेरै र जोखिम निकै कम रहेको ईएमएले जनाएको छ। ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले खोपले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउने र यो सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हुने बताइन्





प्रतिकृया