• ३० भदौ २०८३, मंगलबार
  • ३ः०३ राती

स्रोत नखुलेको ४२ लाख ३० हजार नेपाली रुपैयाँ सहित पक्राउ

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०१:५८

भक्तपुर:  भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने दोलखा बैतेश्व र गाउँपालिका-६ घर भएका ३२ वर्षीय सुमन घिमिरे र काठमाडौं माकलबारी बस्ने सोही ठाउँ घर भएका ३७ वर्षीय बिनोद तामाङलाई स्रोत नखुलेको ४२ लाख ३० हजार नेपाली रुपैयाँ र विभिन्न बैंक चेक सहित बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

National Life

जुवातास खेलाई सोबाट आर्जन गरेको नगद लिएर हिँडिरहेका छन् भन्ने सूचनाको आधारमा  प्रहरीले पेप्सीकोलाबाट सानोठिमीतर्फ आउँदै गरेको बा.२१ च ३८३९ नम्बरको कारलाई जाँच गर्दा स्रोत नखुलेको २७ लाख रुपैयाँ रुपैयाँ सहित तामाङलाई पक्राउ गरेको हो ।

अनुसन्धान गर्ने क्रममा उक्त रकम घिमिरेको हो भन्ने खुल्न आएपछि काठमाडौं पेप्सीकोलाबाट घिमिरेलाई नियन्त्रणमा लिई उनको बालकोटस्थित कोठाबाट थप १५ लाख ३० हजार रुपैयाँ फेला पारेको हो ।

Classic Tech Mobile
Classic Tech Desktop

साथै घिमिरेको नाममा काटिएको २ लाख ५० हजार रुपैयाँ लेखिएको राष्ट्रिय बाणिज्य बैंकको चेक १ थान, ९ लाख ५० हजार रुपैयाँ लेखिएको प्राइम बैंकको बाउन्स चेक १ थान, १ लाख २५ हजार रुपैयाँ लेखिएको स्ट्यार्ण्ड चार्टर बैंकको चेक १ थान, ९ लाख ९९ हजार रुपैयाँ लखिएको नेपाल बैंक लिमिटेडको १ थान चेक, १५ लाख रुपैयाँ लखिएको महालक्ष्मी बिकास बैंकको चेक १ थान, मनास्लु डिस्ट्रिलरीको नाममा ७२ हजार रुपैयाँ नगद जम्मा गरेको १ थान भौचर समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका मध्ये सुमन घिमिलाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा र नैतिकता विरुद्धको कसूरमा जुवा खेलेको वा खेलाएको अभियोगमा २०७४ कात्तिक १९ गते महानगरीय प्रहरी वृत्त महाराजगंज र २०७७ पुस ३ गते महानगरीय प्रहरी वृत्त दरवारमार्गमा तथा बैंकिङ कसुर मुद्दामा समेत २०७५ असार ९ गते महानगरीय प्रहरी वृत्त बौद्धमा मुद्दा दर्ता भई पटके तथा फरार समेत रहेको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

प्रतिकृया