• ३१ भदौ २०८३, बुधबार
  • १२ः१८ राती

छुट्टाछुटै सवारी दुर्घटनामा ५ जनाको मृत्यु

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०२:१०

काठमाडौं: बाग्लुङ, कपिलवस्तु, नुवाकोट, झापा र रौतहटका छुटाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।बाग्लुङ, तमानखोला गाउँपालिका-१ भबिरस्थित सडकमा ग.१ ज ५७०५ नम्बरको जिप आँफै अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल खसेर बिहीबार दिउँसो दुर्घटना हुँदा जिपमा सवार १७ बर्षीया मिना रसाईलीको मृत्यु भएको छ ।

National Life

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका जिपमा सवार ५ जनालाई सोही स्वास्थ्य केन्द्र हुँदै थप उपचारका मणिपाल अस्पताल पोखरा रिफर गरिएको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै कपिलवस्तु, शुद्धोधन गाउँपालिका ३ घेरुवा चोकस्थित सडकमा यूपी ४३ टी ८३९२ नम्बरको ट्रकको ठक्करबाट सोही गाउँपालिका-३ ४ वर्षीया शिवानी कोहारको  मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै  नुवाकोट, बेलकोटगढी नगरपालिका-७ रातेमाटेस्थित सडकमा ०१-०१९ प ६०७९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री नुवाकोट बेलकोटगढी नगरपालिका-७ की ४५ वर्षीय बिरमान श्रेष्ठको  घटनास्थलमै मृत्यु भएको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

झापा, दमक नगरपालिक-५ गोर्खा डिपार्टमेन्ट नजिक सडकमा १-०१-१३ प ८७६६ नम्बरको मोटरसाइकल र मे.९ प ६२१९ नम्बरको स्कुटर एकआपसमा ठोक्किई दुर्घटना हुँदा मोटरसाइकलमा सवार  स्थानिय  ५० वर्षीय ईन्द्र भुजेलको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको लाईफ लाईन दमक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकल चालक  २६ वर्षीय संजोक सुन्दासको निम्स  थप उपाचारका लागि बिएण्डसी अस्पताल बिर्तामोड रिफर गरिएको छ प्रहरीले जनाएको छ ।

रौतहट, माधवनरायण नगरपालिका-६ माधोपुरस्थित सडकमा बीआर ३० एस ९२७० नम्बरको मोटरसाइकलको ठक्करबाट  ४५ वर्षीय छोटेलाल पण्डितको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको हेल्थ ल्याण्ड अस्पताल गरुडामा उपचारको क्रममा मृत्यु भएको हो । घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।दुर्घटनाकाक सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

प्रतिकृया