• २८ भदौ २०८३, आइतबार
  • १०ः३१ राती

भागरथी हत्याका अभियुक्त बाल सुधारगृहमा

प्रकाशित मिति

२०७७ फाल्गुन २८ गते, शुक्रबार ०१:५३

डोटी: बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोग लागेका किशोरलाई पुर्पक्षका लागि डोटी बाल सुधारगृहमा ल्याइएको छ।

National Life

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कान्तिराज जोशीका अनुसार उनलाई बिहीबार बालसुधार गृहमा ल्याइएको हो। जिल्ला अदालत बैतडीले १६ वर्ष उमेर भएका कारण किशोरलाई पुर्पक्षका लागि सुधारगृहमा राख्न आदेश दिएसँगै उनलाई डोटीको सिलगढीमा रहेको सुधारगृहमा राखिएको छ ।

बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीस्थित सनातन धर्म माविमा कक्षा १२ मा पढ्ने भागरथीको त्यसै विद्यालयमा पढ्ने किशोरमाथि बलात्कारपछि हत्या गरेको अभियोग लागेको छ।

Classic Tech Mobile
Classic Tech Desktop

भागरथीको शव गएको माघ २३ गते चडेपानीकै खोचलेक–चडेपानी ग्रामीण सडकको लवलेक जङ्गलमा भेटिएको थियो।उनको कारावास सजाय भने अदालतले अहिलेसम्म नतोकेको प्रहरीले जनाएको छ ।रासस

प्रतिकृया