पारसको सतकमा आर्मीलाई २६७ रनको लक्ष्य, एपीएफले काठमाडौ मेयर्स ११ लाई एक सय ७७ रनमा समेट्यो
प्रकाशित मिति
२०७७ फाल्गुन २७ गते, बिहीबार ०२:१९
काठमाडौ: मेयर्स कप क्रिकेट प्रतियोगितामा पारस खड्काले सतक बनाएका छन्। पारसले एक सय १९ रनको पाली खेलेपछि बिहीबार बागमती प्रदेशले त्रिभुवन आर्मी क्लबलाई २ सय ६७ रनको लक्ष्य दिएको छ।
कीर्तिपुर क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको बागमतीले निर्धारित ४९।४ ओभरमा सबै विकेट गुमाएर २ सय ६६ रन जोड्यो। बागमतीका लागि नन्दन यादबले पनि ४६ रन बनाए। इसान पाण्डेले २६ र अदिल खानले २१ रन बनाए। ११ रन जोड्दा दुई विकेट गुमाएको बागमतीका लागि पारसले इसानसँग ७३ रन र अदिलसँग ७६ रनको साझेदारी गरेका थिए।
पारसले एक सय ३३ बलमा २ छक्का र ११ चौका प्रहार गरे। आर्मीका सोमपाल कामी एक्लैले पाँच विकेट लिए। आर्मीले ३ ओभरमा १ विकेट गुमाएर ११ रन जोडेको छ।
मुलपानी क्रिकेट मैदानमा भइरहेको खेलमा काठमाडौँ मेयर्स(११ ले शसस्त्र प्रहरी बल(एपीएफ क्लबलाई १ सय ७८ रनको लक्ष्य दिएको छ। पहिला ब्याटिङ गरेको काठमाडौँ मेयर्स(११ ले ४८।५ ओभरमा सबै विकेट गुमाएर एक सय ७७ रन जोड्यो। एपीएफका अविनाश बोहरा र कमल ऐरीले तीन तीन विकेट लिए। काठमाडौँ मेयर्स(११ का लागि सन्दीप रजालीले ४८, हरिशंकर शाहले ३६ र विक्रम भुसालले २० रन बनाए। एपीएफले १३ ओभरमा २ विकेट गुमाएर ४९ रन जोडेको छ






प्रतिकृया