• १२ असोज २०८३, सोमबार
  • २ः२५ दिउँसो

शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि

प्रकाशित मिति

२०७७ माघ १६ गते, शुक्रबार ०७:०६

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले हाल उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदले गरेका बलिदानको प्रतिफल भएको बताएकी छन् । शहीद दिवसका अवसरमा जारी संदेशमा राष्ट्रपति भण्डारीले नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने महान् शहीद शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गङ्गालाल श्रेष्ठलगायत सबै अमर शहीदप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गरेकी छन् ।

National Life

नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन निरङ्कुश र तानासाही शासन व्यवस्थाविरुद्धका आन्दोलनमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाप्रति सम्मान गर्दै माघ १६ मा शहीद दिवस मनाउने गरिन्छ ।

आफ्नो अमूल्य जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै शहादत हो भन्दै राष्ट्रपति भण्डारीले शहीद दिवसले हामीलाई शहीदले गरेको यही सर्वोच्च त्यागको स्मरण गराएकी हुन् । शहीदहरूको बलिदानबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने राष्ट्रपतिको विश्‍वास छ ।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास र समृद्धिको आकाङ्क्षाविपरीत खडा गरिएका चुनौतीलाई एकजुट भएर पराजित गर्नुपर्ने बताएका छन् । शहीद दिवस–२०७७ का सन्दर्भमा अमर शहीदहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै प्रधानमन्त्री ओलीले भने, “हाम्रा अमर शहीदहरूको बलिदानीले हामीलाई देखाएको मार्गदर्शन पनि यही हो ।

” उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न स्थिर राजनीति अपरिहार्य भएको चर्चा गर्दैै शहीदहरूको बलिदानीपूर्ण सङ्घर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी जनतालाई सुखी बनाउँदै राष्ट्रिय आकाङ्क्षा पूरा गर्ने गन्तव्य हामीले तय गरेको बताएका छन् ।

 

प्रतिकृया