• ९ असोज २०८३, शुक्रबार
  • ४ः०० बेलुका

एनएनआईपीए स्पोर्टस अवार्ड फागुनमाः सर्वोत्कृष्ट खेलाडीलाई १ लाख

प्रकाशित मिति

२०७७ माघ १४ गते, बुधबार ०६:१८

काठमाडौंः नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघको आयोजनामा हुने एनएनआईपीए स्पोर्टस अवार्ड फागुनमा हुने भएको छ ।

National Life

संघले पत्रकार सम्मेलन गर्दै यस वर्षको अवार्ड संस्करण मध्यपुर ठिमी नगरपालिकामा फागुन ८ मा हुने जानकारी दिएको हो ।

अवार्डका लागि मध्यपुर ठिमी नगरपालिका स्थानीय आयोजकको रुपमा रहनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

अवार्डमा राइजिङ प्लेयर अफ दि इयर अवार्ड विधा थप गरिएको छ एक महिला र एक पुरुषलाई राइजिङ प्लेयर अवार्डबाट सम्मानित गरिनेछ जस्को पुरस्कार राशी समान ५० हजार रुपैयाँ रहनेछ ।

एनएनआइपिएको सर्वोत्कृष्ट महिला र पुरुष खेलाडीका लागि समान १ लाख रुपैयाँको पुरस्कार दिईनेछ ।

यसअघि संघले भक्तपुर, टोखा, पाटन, बसन्तपुरमा स्थानीय निकायको सहयोगमा अवार्डको आयोजना गरिसकेको छ ।

प्रतिकृया