• ९ असोज २०८३, शुक्रबार
  • ४ः२१ बेलुका

चुनावमा नेपाल–दाहाल पक्षको १० सिट पनि आउँदैनः प्रधानमन्त्री ओली

प्रकाशित मिति

२०७७ माघ १४ गते, बुधबार ०६:३८

काठमाडौंः प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा नेपाल–दाहाल पक्षको १० सिट पनि नआउने बताएका छन् ।

National Life

बुधबार आदिबासी जनजाति महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आगामी निर्वाचनमा पुष्पकमल दाहाल–माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गर्दै ओलीले नेपाल–दाहाल पक्ष सफलताको बाटोतर्फ नहिँडेर भिरको बाटो हिँडेकोसमेत टिप्पणी गरे।

Classic Tech Mobile
Classic Tech Desktop

प्रधानमन्त्री ओलीले आधिकारिक पार्टी आफूहरूको भएको भन्दै विगतमा पार्टी र सरकार चलाउन नदिई खुट्टा तानिएको र आगामी दिनमा नीतिगत तथा वैचारिक आधारमा पार्टीलाई ठिक ढंगले चलाई पार्टीलाई एक ढिक्का बनाई अघि बढाउने पनि बताए।

प्रतिकृया