• ११ असोज २०८३, आइतबार
  • २ः२० दिउँसो

भक्तपुरमा ४५ वर्षीय श्रेष्ठ मृत अवस्थामा भेटिए

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०५:४०

भक्तपुरः सुर्यबिनायक नगरपालिका–९ पलासेस्थित गणेश बाल विकास स्कुल नजिक खोल्सामा घोप्टो अवस्थामा एक जनाको शव फेला परेको छ ।

National Life

आज बिहान ७ बजेर ५५ मिनेटमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–५ घर भई हाल भक्तपुरको सुर्यविनायक नगरपालिका–९ महत गाँउ बस्ने ४५ वर्षीय साइला श्रेष्ठ भन्ने लक्ष्मीदास श्रेष्ठको शव फेला परेको हो ।

श्रेष्ठ दिउँसोको समयमा ज्याला मजदुरीको काम गर्ने र रातको समयमा गणेश बाल विकास स्कुलमा सुरक्षा गार्डको काम गर्ने र बुधबार दिउँसो काम गरेर मादक पदार्थ सेवन गरी आफु बसेको कोठामा फर्किने क्रममा खोल्सामा आफैं लडी मृत्यू भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको परिसरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

शव पोष्टमार्टमका लागि काठमाडौं मेडिकल कलेज दुवाकोट पठाईएको प्रहरीले जनाएको छ ।

 

प्रतिकृया