• ९ असोज २०८३, शुक्रबार
  • २ः३३ दिउँसो

गौरिकाले जितिन् वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०३:४६

काठमाडौं- पौडीकी गौरिका सिंह १७औं संस्कणको ‘एनएसजेफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत वर्ष उत्कृष्ट महिला खेलाडी घोषित भएकी छिन्।

National Life

ललितपुरको सातदोबाटोस्थित कराते हलमा सेमीभर्चुअलमा भएको अवार्ड कार्यक्रममा गौरिकाले वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड पाएकी हुन्। गौरिकाले करातेकी अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ र ट्रायथलनकी सोनी गुरुङलाई पछि पार्दै स्वर्ण जितेकी हुन्।

१३औं दक्षिण एसियाली खेलकुद साग प्रतियोगितामा गौरिकाले चार स्वर्णसहित ९ पदक जितेकी थिइन्। २०० मिटर फ्रि–स्टायल, २०० मिटर ब्याकस्ट्रोक, ४०० मिटर फ्रि–स्टायल र १०० मिटर फ्रि स्टायलमा स्वर्ण पदक जितेकी थिइन्।

Classic Tech Mobile
Classic Tech Desktop

त्यस्तै, उनले ५० र १०० मिटर ब्याक स्ट्रोकमा रजत पदक जितेकी थिइन् भने स्वीमिङ टिम इभेन्ट्समा तीन कास्य पदक जितेकी थिइन्।

प्रतिकृया