• ११ असोज २०८३, आइतबार
  • ३ः४३ राती

प्रचण्ड पूर्वएमालेको विरालो बोकेर म्याउ गर्दै हिडेः बस्नेत

प्रकाशित मिति

२०७७ माघ १ गते, बिहीबार ०३:३८

विराटनगरः नेकपा ओली समूहका नेता तथा पूर्व मन्त्री महेश बस्नेतले पुष्पकमल दाहाल प्रचण्ड अहिले यत्रतत्र भौतारिदै अनेक अभिब्यक्ति दिएको बताएका छन् ।

National Life

बिहीबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रचण्डले आफुले पार्टीभित्र अनेक तानाबाना बनेको र प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले जनादेशमा जाने निर्णय गरेसँगै यत्रतत्र भौतारिएको आरोप लगाए ।

पोखराको एक कार्यक्रममा सूर्य चिह्न दावी गर्नु प्रचण्डको हास्यास्पद कुरा भएको भन्दै नेता बस्नेतले पूर्व एमालेको विरोलो बोके र म्याउ गर्दै हिडेको आरोप समेत लगाए ।

Classic Tech Mobile
Classic Tech Desktop

लोकतन्त्रको महत्त्वपूर्ण पक्ष आवधिक निर्वाचन भएको प्रधानमन्त्री त्यहि बाटोमा हिडेको समेत ठोकुवा गरे ।

उनले भने, ‘६४ प्रतिशत जनमत बोकेको व्यक्तिले संसद विघटन गरेकाले संसद पुनर्स्थापना गर्नु भनेको जनताको अभिमतको अपमान हुन्छ ।’

दोस्रो पटक मृगौला प्रत्यारोपण गरेपछि केपी शर्मा ओलीको स्वास्थ्य राम्रो भएको र प्रचण्ड–माधवले कम्युनिस्ट पार्टीको नेतृत्व गर्ने सपना असफल भएको पनि बस्नेतले बताए ।

 

प्रतिकृया