• ९ असोज २०८३, शुक्रबार
  • ४ः०२ बेलुका

मन्देकाजी स्पोर्ट अवार्डमा करातेका वर्ष खेलाडी

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०९:२७

काठमाडौं: कराते खेलाडी मन्देकाजी श्रेष्ठ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०७६ को वर्ष खेलाडी बनेका छन् ।

National Life

नेपाल खेलकुद पत्रकार मञ्च एनजेएफले आयोजना गरेको १७औं संस्करणको स्पोर्ट अवार्डमा कन्देकाजीले वर्ष खेलाडी पुरुषको अवार्ड जितेका हुन् ।

गत वर्ष मंसिरमा नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद सागमा मन्देले दुई स्वर्ण जितेका थिए । उनले सागमा एकल काता र टिम कातामा स्वर्ण जितेका हुन् ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तै आठौं राष्ट्रिय खेलकुदमा एकल कातामा स्वर्ण र टिम कातामा रजत जितेका थिए । बंगलादेशमा भएको साफ यनसिपमा टिम कातामा स्वर्ण र एकल कातामा कास्य पदक जितेका थिए । यस्तै नवौं थाइल्याण्ड ओपन च्याम्पियनसिपमा सिनियर कातामा रजत पदक जितेका थिए ।

प्रतिकृया