• ९ असोज २०८३, शुक्रबार
  • ६ः३३ बेलुका

ब्राजिलका अधिकारीहरूले भने- कोरोनाविरूद्ध चिनियाँ भ्याक्सिनको प्रभावकारिता ५० प्रतिशतमात्रै

प्रकाशित मिति

२०७७ पुष २९ गते, बुधबार ०९:३८

एजेन्सी:ब्राजिलका अधिकारीहरूले कोरोनाभारइसविरूद्ध चीनले विकास गरेको भ्याक्सिनको प्रभावकारिता यसअघि भनिएको भन्दा निकै कम देखिएको बताएका छन्।

National Life

साओ पाउलोस्थित बुटान्टन इन्स्टिच्युटले यसअघि चिनियाँ कम्पनी सिनोभ्याक बायोटेकले बनाएको कोरोना भ्याकको प्रभावकारिता ७८ प्रतिशत भएको बताएको थियो।

पारदर्शी रूपले विस्तृत सूचनाबिनै खोपको प्रभावकारिताबारे निष्कर्ष निकालेको भनेर आलोचना भएपछि मंगलबार फेरि उक्त इन्स्टिच्युटले कोरोना भ्याकको प्रभावकारिता ५०.४ प्रतिशतमात्रै भएको तथ्याङ्क सार्वजनिक गरेको हो।

Classic Tech Mobile
Classic Tech Desktop

कुनै खोपको प्रभावकारिता ५० प्रतिशतभन्दा कम हुनु आमप्रयोगको मापदण्डभन्दा एकदमै कम हो।

इन्स्टिच्युटका क्लिनिकल रिसर्च निर्देशक रिकार्डो पालासिओसले ब्राजिलमा मात्रै गरिएको अध्ययनले खोपको प्रभावकारिता कम देखिए पनि अरू देशमा भएको परीक्षणलाई पनि एकमुष्ट पार्दा खोपको प्रभावकारिता बढ्ने बताए। उनले सामान्य लक्षण भएका बिरामीलाई पनि समावेश गरेका प्रभावकारिता कम देखिएको बताए।

आम प्रयोगका लागि कोरोना भ्याकलाई ब्राजिलको स्वास्थ्य नियामक आन्भिसाले अनुमति दिनुपर्नेछ। अहिले उसले आपतकालीन प्रयोगका लागि अक्सफोर्ड-अस्ट्राजेन्काको भ्याक्सिनको पनि मूल्यांकन गरिरहेको छ।

सिनो भ्याकसँगको सहकार्यमा बुटान्टन इन्स्टिच्युटले १३ हजार मानिसमा भ्याक्सिनको परीक्षण गरेको थियो। सरकारले अनुमति दिए ब्राजिलमा उसैले चिनियाँ भ्याक्सिनको उत्पादन गर्नेछ। कोरोना भ्याक लगाएको २८ दिनपछि कोरोना प्रतिरोध क्षमता विकास गर्न सुरू गर्छ।

प्रतिकृया