• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

पुस २५ देखि वाग्मती अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

प्रकाशित मिति

२०७७ पुष १४ गते, मंगलवार १२:१४

ललितपुर, १४ पुष: दक्षिण ललितपुरको वाग्मती गाउँपालिकाले यही पौष २५ देखि २९ गतेसम्म ‘वाग्मती गाउँपालिका अध्यक्ष कप फुटबल प्रतियोगिता २०७७’ आयोजना गर्ने भएको छ ।

National Life

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना हुने सो प्रतियोगिता प्युटारस्थित खयरघारी खेलमैदानमा आयोजना हुने छ ।

युवालाई खेलकूदको माध्यमबाट राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउने उद्देश्यका साथ दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको अध्यक्ष वीरबहादुर लोप्चनले जानकारी दिए ।

Classic Tech Mobile
Classic Tech Desktop

उनले भने, “यसले गाउँपालिकामा रहेका खेलाडिको क्षमता विकासमा सहयोग पु¥याउने छ ।” प्रतियोगितामा प्रथम हुने समूहले पदक प्रमाणपत्र सहित रु एक लाख, दोस्रोले रु ५० हजार, तेस्रोले रु २५ हजार प्राप्त गर्नेछन् ।रासस

प्रतिकृया