भारतीय शेयर बजार नयाँ उचाईमा
प्रकाशित मिति
२०७७ पुष १४ गते, मंगलवार १२:५०
एजेन्सी, १४ पुस। भारी विदेशी लगानीका कारण मंगलबार भारतीय शेयर बजार उच्च बढोत्तरीका साथ ऐतिहासिक उचाईमा पुगेको छ ।
यसदिन सेन्सेक्स ११६.८६ अंकको बढोत्तरीका साथ ४७ हजार ४७०.६१ को बिन्दुमा कारोबार भइरहेको छ । यसैगरी निफ्टी इन्डेक्स पनि २३.५५ अंकको बढोत्तरीका साथ १३ हजार ८९६.७५ को बिन्दुमा कारोबार भइरहेको छ ।
यद्यपी, कारोबारका क्रममा सेन्सेक्सले ४७ हजार ५८६.७४ र निफ्टीले १३ हजार ९६७.६० को स्तर छोएकाे थियाे।
बजारमा बढोत्तरीसँगै बीएसईमा सूचीकृत कम्पनीहरुको कुल बजार पूँजीकरण पनि १८६.९५ लाख करोड रुपए पुगेको छ । सुरुवातमा बजार पूँजीकरणले १८८ लाख करोड रुपएको स्तरलाई छोएको थियो ।-मेरोलगानी/File Photo
Related
Recent News
- चौथो ब्याचको नबिल एसएसई फेलोसिप कार्यक्रम सुरु, निरन्तर सामाजिक उद्यमशीलताको विकासमा नबिल बैंक
- बर्षा बस्नेत बनिन् टिभिएस मोटोसोलमा १२५सीसी स्कुटर डर्ट रेसकी विजेता
- बेलायतले सिरियालीलाई शरण नदिने
- अंग प्रत्यारोपणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन शनिबारदेखि
- आज विश्व पर्वत दिवस,विभिन्न कार्यक्रमको आयोजना गरी मनाईँदै
- वेष्टइण्डिजका लेजेन्डरी क्रिकेटर ब्रायन लारा नेपाल आउँदै
- टस जितेर पहिले बलिङ गर्दै जनकपुर बोल्ड्स
- एनपीएलमा आज दुई खेल हुदै
- सिरियामा मोहम्मद अल बसिरलाई अन्तरिम प्रधानमन्त्री नियुक्त
- कस्तो छ आजको मौसम पूर्वानुमान ?
प्रतिकृया