• ९ असोज २०८३, शुक्रबार
  • ४ः०४ बेलुका

प्रधानमन्त्री महिला क्रिकेट उपाधि रामहोत्तरीलाई

प्रकाशित मिति

२०७७ पुष ५ गते, आईतवार ०६:५९

काठमाडौं, महोत्तरी महिला क्रिकेट टोलीले प्रधानमन्त्री महिला राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगिता अन्तर्गत प्रदेश नम्बर २ छनोटको उपाधि जितेको छ ।

National Life

महोत्तरीले आइतबार फाइनलमा सिराहलाई ८ विकेटले पराजित गर्दै उपाधि जितेको हो । पहिला ब्याटिङ गरेको सिराह १७ ओभरमा ८६ रनमा अल आउट भएको थियो । सिराहकी कविता गौतमले २४, सरस्वती चौधरीले १४ र उर्मिला चौधरीले १५ रन बनाउन बाहेक अन्य ब्याटरले राम्रो प्रर्दशन गर्न सकेनन् । महोत्तरीकी सोभा आलेले ४ ओभरमा १ मेडन सहित १२ रन खर्चेर ५ विकेट लिइन् । विमला मगरले ३ र रोइ कदारीले २ विकेट लिइन् ।

जितका लागि पछ्याएको ८७ रनको सामान्य विजयी लक्ष्य महोत्तरीले १४।४ ओभरमा २ विकेट गुमाउँदै पूरा गरेका थिए । महोत्तरीकी गोमा आले २४ र बिमला मगर ३१ रनमा अविजित रहिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया