• ११ असोज २०८३, आइतबार
  • ११ः०६ बिहान

गुल्मीमा अटो दुर्घटनाः एकको मृत्यु, चार घाइते

प्रकाशित मिति

२०७७ पुष ४ गते, शनिबार ०८:२२

तम्घासः गुल्मीको रेसुङ्गा नगरपालिका–१३ दुबिचौरमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु हुनुका साथै अन्य ४ जना घाइते भएका छन्  शुक्रबार राति गुल्मी दरवार गाउँपालिकाको गैंडाकोटबाट तम्घासतर्फ आउँदै गरेको लु १ ह २७४३ नम्बरको अटो अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

National Life

मृत्यु हुनेमा रेसुंगा नगरपालिका–१२ का बर्ष ३० का तेज बहादुर रानाक रहेका छन् उनको उपचारका क्रममा जिल्ला अस्पताल तम्घासमा मृत्यु भएको छ ।

घाइतेहरुमा रेसुङ्गा नगरपालिकाका बर्ष १७ का रमेश खत्री, रेसुङ्गा नगरपालिकाका रोशन परियार, सोहि स्थानका सुरज बिक र सुनिल बिक रहेका छन् । घाइतेहरुको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया