• १२ असोज २०८३, सोमबार
  • २ः५४ दिउँसो

धेरै तनाव र चिन्ताका कारण ‘मानसिक अवरोध’को जोखिम

प्रकाशित मिति

२०७७ पुष २ गते, बिहीबार १२:४९

मानसिक अवरोध मानसिक विकारको एउटा अवस्था हो, जहाँ तपाईं आफ्नो मस्तिष्कको क्षमता गुमाउनुहुन्छ । यसका पछाडि धेरै कारणहरू हुन सक्छन्, जसले तपाईंको दिमागको काममा रोकावट गराउँछ ।

National Life

मानसिक अवरोधको समयमा न त तपाईं केही सोच्न सक्नुहुन्छ, न तपाईं कसैसँग कुराकानी गर्न सक्षम हुनुहुन्छ । प्रायःजसो तपाईं के गरिरहनु भएको भन्ने समेत थाहा हुँदैन । यो समस्या धेरै तनाव वा गहिरो आघातका कारणले हुन सक्छ । विज्ञहरू यस्तो अवस्था मानसिक थकानपछि देखिन सक्ने बताउँछन् । जसले मानसिक थकान प्रकट गर्छ । यसले तपाईंको शारीरिक गतिविधिमा प्रत्यक्ष प्रभाव पार्छ जुन कहिलेकाहीँ तपाईंको नियन्त्रण बाहिर पनि हुन सक्छ ।

 

Classic Tech Mobile
Classic Tech Desktop

कसरी रोक्न सकिन्छ मानसिक अवरोध रु

महत्वाकांक्षा होइन सानो लक्ष्य राख्नुहोस्

मानसिक अराजकता वा मानसिक अवरोधले तपाईंको सोच्ने क्षमतालाई कम गर्दछ, जसको कारण तपाईं कुनै काम गर्न असक्षम हुन सक्नुहुन्छ । त्यसैले यस्तो अवस्था आउनै नदिनको लागि ठूलो महत्वाकांक्षी नभई सानासाना कामहरु गरिरहनुपर्छ । ताकि तपाईं ती कार्यहरू गर्न सफल हुनुहोस् ।

कुनै काममा हुने असफलताले तपाईंलाई गम्भीर अवस्थामा पु¥याउन सक्छ । बारम्बार प्रयत्न गर्दा पनि यो काम गर्न नसकिरहेको हुन सक्नुहुन्छ । तपाईंले कुनै पनि ठूलो काम एकैचोटि गर्नुहुँदैन । यसको लागि तपाईं एउटा कार्यसूची तयार पार्न सक्नुहुन्छ, साथमा तपाईंका कार्यहरू विभाजन गर्न सक्नुहुन्छ । साना लक्ष्यहरू तपाईं सजिलै पूरा गर्न सक्नुहुन्छ तर जब तपाईं मानसिक अवरोधको अवस्थामा हुनुहुन्छ त्यस्तो अवस्थामा सकेसम्म ठूला काममा फोकस नै नगरी छिटै सफलता प्राप्त गर्ने काममा लाग्नुपर्छ ।

आवश्यक भएमा विश्राम लिनु

तपाईं परिस्थितिको शिकार हुनु जरूरी छैन, केवल तपाईं मानसिक अवरोधको शिकार बन्न सक्नुहुन्छ । तर जब तपाईं धेरै तनाव र दबाबको अधीनमा हुनुहुन्छ, तपाईं अझै पनि मानसिक अवरोधको शिकार बन्ने सम्भावना हुन्छ । जब तपाईंको जीवनशैली धेरै मानसिक थकान र तनावसँगै बित्ने गर्छ, यसले कुनै न कुनै समय तपाईंको दिमाग पूर्णरुपले रोकिन सक्छ । जसको कारणले तपाईंको शारीरिक अवस्थालाई पनि यसले कमजोर बनाइरहेको हुन्छ ।

कतिपय व्यक्तिहरू फेरि दबाब र तनावका साथ काम गर्ने प्रयास गर्छन् । जबकि उनीहरूले दबाबका बीच धेरै गल्ती गर्न सक्छन् । जसको कारण तपाईं आफँैमा कमजोर हुने र आफैँसँग रिसाउने अवस्थाको सिर्जना हुन्छ । यसको लागि यो महत्वपूर्ण छ कि जब तपाईं मानसिक अवरोधबाट पीडित हुनुहुन्छ भन्ने महसुस गर्नुहुन्छ, तब तपाईंलाई केही समय विश्रामको आवश्यकता पर्न सक्छ । समयसमयमा यसरी विश्राम लिँदा हाम्रो शरीरमा शारीरिक ऊर्जा पनि प्राप्त हुन्छ, यसले दिमागलाई पनि स्वस्थ बनाउन मद्धत गर्छ ।

तनाव कम गर्ने प्रयास गर्नुहोस्

मानसिक अवरोधको मुख्य कारण नै तनाव हो भनेपछि मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्यको लागि तनावलाई कम गर्न सकेसम्मको प्रयास गर्नुहोस् । आफूभन्दा पछि रहेकाहरुलाई हेरेर चित्त बुझाउनुहोस् । बढ्दो तनावको कारण तपाईं बिस्तारै डिप्रेसनको शिकार पनि बन्न सक्नुहुनेछ । यी मानसिक विकारहरूबाट बच्नको लागि यो महत्वपूर्ण छ कि तपाईंले तनाव कम गर्न प्रयास गर्नु पर्छ । तनाव मात्र कम गर्दा पनि तपाईंले आफ्नो मानसिक स्वास्थ्यमा सुधार देख्न सक्नुहुन्छ । जब तपाईं तनाव र चिन्ताको अवस्थाबाट बाहिर हुनुहुन्छ, यसले तपाईंको सोच्ने क्षमता बढाउँछ । जति बढी तनावमुक्त हुनुहुन्छ, त्यति नै तपाईं ऊर्जावान महसुस गर्न सक्नुहुन्छ ।

विज्ञका अनुसार जब कोही मानसिक अवरोधका कारण चिन्तित हुन्छन्, तब उसको उपचारका लागि उनीहरु सबैभन्दा पहिले उसको तनावको कारण वा उसको दिमागमा रहेको कुरा जान्ने कोसिस गर्छन् । उसलाई छुटकारा दिनको लागि के गर्ने रु भन्ने विकल्पको खोजी गर्ने र कसरी उसको मानसिक विचालनको अवस्था कम गर्न सकिन्छ रु भन्नेबारेमा पनि मनोविद्हरुले पहिले खोजी गर्ने गर्छन् ।

अभ्यासमार्फत् तनावमा कमी

व्यायाम तपाईंको समग्र स्वास्थ्यको लागि लाभदायक हुन्छ । यसको सहयोगले तपाईंको मानसिक विकारलाई कम गर्न मद्दत गर्छ । यदि तपाईं दैनिक कामका कारण आफूलाई तनाव वा चिन्ताको स्थितिमा देख्नुहुन्छ भने तपाईंलाई दैनिक कम्तीमा ३० मिनेट व्यायाम गर्नु आवश्यक हुन्छ । यसले तपाईंको मानसिक र शारीरिक स्वास्थ्यमा ऊर्जा बढाउन काम गर्छ । यसबाट तपाईंलामो समयसम्म सक्रिय रहन सक्नुहुन्छ । अनलाइन खबरबाट

प्रतिकृया