अदालतले माग्यो सरकारसँग लिखित जवाफ
प्रकाशित मिति
२०७७ मंसिर १९ गते, शुक्रबार ०६:४६
काठमाडौं, सर्वोच्च अदालतले नेपालको नाम ‘सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ लाई ‘नेपाल’ नामकरण गर्ने गरी मन्त्रिपरिषद्ले गरेको निर्णयका बारेमा लिखित जवाफ माग गरेको छ । न्यायाधीश मीरा खड्काको एकल इजलासले मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको कारणबारे १५ दिनभित्र लिखित जवाफ दिन आदेश जारी गरेको हो । मन्त्रिपरिषद्को गत असोज ११ गतेको बैठकले कूटनीतिक नियोगबाट हुने पत्राचार र कतिपय सरकारी लिखतमा छोटो र सजिलो बनाउने उद्देश्यले देशको नाम नेपाल लेख्ने निर्णय गरेको थियो ।
सरकारको उक्त निर्णयविरुद्ध अधिवक्ता सुब्बा श्रेष्ठले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई विपक्षी बनाई सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । अदालतले दुवै पक्षलाई छलफलका लागि यही मङ्सिर २९ गते बोलाएको छ ।
रासस

Recent News
- नेप्सेमा २६ अंकको गिरावट, ४ अर्ब ३६ करोड रुपैयाँको कारोबार
- कक्षा १२ को नतिजामा कुनै त्रुटि छैन, प्रचारबाजी मात्रै भयो : शिक्षा मन्त्रालय
- उपाध्यक्ष पौडेल पक्राउपछि एमालेको आपत्कालीन बैठक, ओली पनि सहभागी
- सुदूरपश्चिममा बजेट विवाद : संशोधन नभए एमाले सरकार छाड्ने चेतावनी
- रास्वपाको बन्दसत्र आज दिउँसो २ बजे सुरु हुने, यस्तो छ कार्यतालिका
- रास्वपाको निर्वाचन प्रक्रिया कडा, प्रस्तावक र समर्थकसम्बन्धी यस्तो नयाँ नियम लागू
- सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पक्राउ परेका विष्णु पौडेल काठमाडौं ल्याइए
- एमालेको संसदीय दल र सचिवालय बैठक आज
- रहरले होइन, बाध्यताले सडकमा छौं भन्दै दृष्टिविहीनको विरोध प्रदर्शन
- सम्पत्ति छानबिनको पक्षमा अझै अडिग छु : जनार्दन शर्मा
Crime
Politics
- उपाध्यक्ष पौडेल पक्राउपछि एमालेको आपत्कालीन बैठक, ओली पनि सहभागी
- रास्वपाको बन्दसत्र आज दिउँसो २ बजे सुरु हुने, यस्तो छ कार्यतालिका
- रास्वपाको निर्वाचन प्रक्रिया कडा, प्रस्तावक र समर्थकसम्बन्धी यस्तो नयाँ नियम लागू
- एमालेको संसदीय दल र सचिवालय बैठक आज
- प्रतिनिधि विवादले रास्वपा महाधिवेशन लम्बियो, असार १० गतेसम्म चल्ने




प्रतिकृया