रहरले होइन, बाध्यताले सडकमा छौं भन्दै दृष्टिविहीनको विरोध प्रदर्शन
प्रकाशित मिति
२०८३ असार ९ गते, मंगलवार ११:५९
९ असार २०८३ काठमाडौं – सडक पेटीमा स्वरोजगार गर्दै आएका दृष्टिविहीन व्यवसायीहरूले रोजगारीको वैकल्पिक व्यवस्था गर्न माग गर्दै काठमाडौंको माइतीघरमा धर्ना दिएका छन्। मंगलबार माइतीघरमा भेला भएका दृष्टिविहीन व्यवसायीहरूले सरकारका विभिन्न निकायले सडक पेटीलाई कार्यक्षेत्र बनाएको भन्दै आफूहरूलाई धरपकड गरी काम गर्न नदिएको आरोप लगाए।
उनीहरूले जीविकोपार्जनका लागि सडक पेटीमा व्यवसाय गर्न बाध्य भएको बताउँदै राज्यले उपयुक्त विकल्प उपलब्ध गराउनुपर्ने माग गरेका छन्। सडक पेटी केन्द्रित स्वरोजगारमूलक दृष्टिविहीन व्यवसायीहरूको समूहले आफूहरूलाई जबरजस्ती हटाउने प्रयास भइरहेको भन्दै त्यसको विरोधमा आन्दोलनमा उत्रिएको जनाएको छ।

धर्नामा सहभागीहरूले घाम, पानी, धुलो र धुवाँबीच सडकलाई कार्यक्षेत्र बनाउनु आफ्नो रहर नभई बाध्यता भएको उल्लेख गर्दै सम्मानजनक र दिगो रोजगारीको व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।

उनीहरूले वैकल्पिक रोजगारी तथा व्यवसाय सञ्चालनका लागि उपयुक्त स्थानको व्यवस्था नगरी सडकबाट हटाउन खोज्नु अन्यायपूर्ण भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।




प्रतिकृया