• २ असोज २०८३, शुक्रबार
  • ५ः३८ बेलुका

१२ दिनसम्म देखाइने कार्तिक नाच दुई दिनमा सीमित

प्रकाशित मिति

२०७७ मंसिर १२ गते, शुक्रबार ०७:५४

काठमाडौ, कोरोना संक्रमणले गर्दा यस वर्षको ऐतिहासिक कार्तिक नाच दुई दिन मात्र देखाइने भएको छ । पाटन दरबार क्षेत्र मंगलबजारस्थित कार्तिक डबलीमा आज शुक्रबार बराह अवतार र भोलि शनिबार नरसिंह अवतार देखाइने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । नाच सञ्चालनका लागि बिहीबार धार्मिक विधिपूर्वक नाट्येश्वरीको पूजा गरिएको छ ।

National Life

कोरोना महामारीका कारण १२ दिनसम्म देखाइने नाच यसपटक दुई दिनमा सीमित गर्न लागिएको समितिका कार्यकारिणी सदस्य एवं प्रचारसंयोजक सञ्जय शर्माले बताउनुभयो । धार्मिक विधि र सांकेतिकरुपमा परम्परा निर्वाहका लागि नाचलाई छोट्याएर दुई दिनमा मात्र सीमित गरिएको संयोजक शाक्यको भनाइ रहेको छ ।

आज बेलुका बराहले शिरमा नयाँ मुकुट लगाएर बराह अवतार देखाइनेछ । धेरै पुरानो र जीर्ण भइसकेकाले मुकुट फेर्न लागिएको हो । कार्तिक नाचअन्तर्गत नरसिंह नाचपछिको मुख्य आकर्षण भनेको बराह नाच हो । सो नाचमा इन्द्रगण र देवगणसहित बराह अवतार देखाइनेछ ।

Classic Tech Mobile
Classic Tech Desktop

ललितपुर महानगरपालिका–१६ वडाले नयाँ मुकुटको लागि लाग्ने सम्पूर्ण खर्च बेहोरेको कार्तिक नाच संरक्षण समितिका कार्यकारिणी सदस्य एवं प्रचार संयोजक सञ्जयराज शर्माले जानकारी दिए ।

‘अहिले प्रयोग गर्दै आएको मुकुट कति वर्ष पुरानो भनेर यकिन गर्न सकेको छैन तैपनि हामीले सुनेअनुसार अहिलेको मुकट सय वर्षभन्दा बढी भइसकेको अनुमान गर्न सकिन्छ।’ –संयोजक शर्माले भने।

१६ वडाकै सहयोगमा गत वर्ष नरसिंहले लगाउने मुकुट फेरिएको थियो । सोही वडाले कार्तिक नाचको अक्षयकोषका लागि शुक्रबार नै १० लाख रुपियाँको चेक हस्तान्तरण गर्न लागिएको छ । कार्तिक नाचको निरन्तरताका लागि गत वर्ष प्रतिबद्धता व्यक्त गरेअनुरुप चेक हस्तान्तरण गर्न लागेको वडाध्यक्ष निर्मलरत्न शाक्यले बताएको छ ।
नेपाल समाचारपत्र दैनिकबाट साभार

प्रतिकृया