• ४ असार २०८३, बिहीबार
  • ७:४९ बेलुका

कोरोनाको करह भए पनि तिहारको चहलपहल व्यस्त बजार र ढकमक्क फूल

प्रकाशित मिति

२०७७ कार्तिक २८ गते, शुक्रबार ०१:०४

काठमाडौं कार्तिक २८ तिहार सुरु भएसँगै काठमाडौं लगायतका शहरी र ग्रामिण क्षेत्रमा तिहारको चहलपहल बढेको छ ।

दशैँमा कोरोना भाइरसको महामारीका कारण सुनसानझैँ देखिएका काठमाडौँका बजारहरुमा तिहारमा भने मानिसहरूको निकै नै चहलपहल देखिएको । फूलको मालदेखि माटोको ‘पाला’ (दियो) र ढाँकाटोपी किन्नेहरुको भीड बढेको छ भने मिठाइदेखि भाइ मसालासम्म किनेबेच गर्नेहरुको पनि उत्तिकै भिड रहेको छ।

Kamana Sewa

विशेषगरी तिहारका लागि आवश्यक पर्ने भाइमसला, मखमली, सयपत्रीका माला, दियो, ओखर, सप्तरंगी टिका, फलफूल, बिमिरो, रातो माटो, ढाका टोपी, झिलीमिली बत्तीहरु बिक्री भइरहेको व्यापारीहरु बताउँछन् ।

Classic Tech Desktop

दाजुभाइको शिर उच्च रहोस् भन्ने मान्यताले तिहारमा दिदीबहिनीले दाजुभाइलाई सप्तरंगी टीकासँगै ढाकाको टोपी लगाइदिने गर्छन् । लक्ष्मीपूजाका दिन घरघरमा धनकी देवी लक्ष्मीको पूजा गर्ने र फूलमाला र बत्तीले सजाउने हुँदा पनि तिहारका ५ दिन बजारमा अझ बढी चहलपहल हुन्छ । दसैमा भन्दा पनि तिहारमा निकै नै रमाइलो हुने चेली माइतिको हातको टिका लगाएर मनाइने तिहार अरु पर्व भन्दा खास र बिशेष रहने सर्बसाधारणको भनाई छ । हिन्दुधर्मलम्बीको लागि दसै तिहार महान चाडको रुपमा पनि रहेको छ ।
कोरोनाका कारण यस वर्ष विदेशबाट फूल आयात नहुने र स्वदेशी फूलले नै पुग्ने व्यवसायीको भनाइ छ।(  सुस्मिता सुनार)photofile

 

प्रतिकृया