• २ असार २०८३, मंगलबार
  • ९:५४ बिहान

सामाजिक विकासमन्त्री दुलालद्वारा आइसीयु र पीसीआर प्रयोगशाला उद्घाटन

प्रकाशित मिति

२०७७ कार्तिक २७ गते, बिहीबार ०५:४२

भक्तपुर, प्रदेश सरकारको सहयोगमा भक्तपुर अस्पतालमा ल्याइएको पीसीआर परीक्षण सेवा र सघन उपचार कक्ष (आइसीयु) को आज बिहीबार बागमती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा प्रदेश मन्त्री दुलालले आर्थिक वर्ष २०७६÷७७ को वार्षिक समीक्षा गर्दा भक्तपुर अस्पतालको प्रगति अरु अस्पतालको भन्दा उत्कृष्ट भएसँगै भक्तपुर अस्पताल बागमती प्रदेशकै उत्कृष्ट अस्पताल हुन सफल भएको कुरा बताए ।

मन्त्री दुलालले प्रदेश अस्पतालको आन्तरिक सुदृढीकरणको लागि नेतृत्व व्यवस्थापनमा जोड दिंदै अगाडि बढेकै कारण अस्पतालको विकास सम्भव भएको जिकिर गर्दै प्रदेश सरकार कोभिड महामारीबाट विजय प्राप्त गर्ने लक्ष्यका साथ अगाडि बढिरहेको बताए । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर अस्पताल बागमती प्रदेशकै सर्वोत्कृष्ट अस्पताल सावित भएकोमा खुशी प्रकट गर्दै भक्तपुर अस्पताल हाल भक्तपुरलगायतका क्षेत्रहरूका बिरामीहरूको विश्वास जित्न सक्नु सबैको लागि खुशीको विषय भएको बताए ।

Kamana Sewa

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले व्यवस्थित आइसोलेसन सञ्चालन गरी कोरोना संक्रमितहरूलाई आवश्यक परामर्श सेवा पनि दिइरहेको बताउनुहुँदै कोरोना जोखिमलाई ध्यानमा राखेर अनलाइनमार्फत शारीरिक व्यायाम पनि सुरुवात गरिसकेको जानकारी दिए ।

Classic Tech Desktop

बागमती प्रदेशका प्रदेश सदस्य डा। राजेन्द्रमान श्रेष्ठले वर्तमान समयमा भक्तपुर अस्पताल सञ्चालनमा ठूलो विकास भइरहेको बताउनुहुँदै जनप्रतिनिधि, प्रशासन, अस्पताल व्यवस्थापन, चिकित्सक र कर्मचारीहरूको सामूहिक प्रयासका कारण अस्पतालको प्रगति सम्भव भएको बताउनुभयो ।

कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेट डा। सुमित्रा गौतमले पीसीआर सेवाको प्रारम्भिक परीक्षण भइरहेको र भक्तपुर अस्पतालबाट पीसीआर परीक्षण निःशुल्क रुपमा गरिने जानकारी दिए ।

प्रतिकृया