• १२ असार २०८३, शुक्रबार
  • ८:२८ बेलुका

शिवपुरी गाउँपालिकाको नमूना काम सङ्क्रमणकालीन मापदण्ड कार्यान्वयमा

प्रकाशित मिति

२०७७ कार्तिक २५ गते, मंगलवार ११:०९

नुवाकोट, नुवाकोटको शिवपुरी गाउँपालिकाले कोरोना सङ्क्रमणको समयमा गाउँपालिकाबाट सार्वजनिक सेवा प्रवाह गर्दा सङ्क्रमणकालीन मापदण्ड पालना गर्नुपर्ने नीतिगत व्यवस्था गरेको छ ।

गाउँपालिकाको कार्यालयमा प्रवेश गर्दा कसैलाई पनि कोरोना सङ्क्रमण नहोस् भन्नका लागि गाउँपालिकाले मापदण्डै बनाइ कार्यान्वयमा ल्याएको हो । पालिकामा प्रवेश गर्दा पालिकाको प्रमुख द्वारमा साबुन, पानी र स्यानिटाइजरको व्यवस्था गरिएकाले सबैले अनिवार्य रूपमा साबुन पानी वा स्यानिटाइजरले हात धुनुपर्ने नियमलाई कार्यान्वयमा ल्याइएको छ ।

Kamana Sewa

गाउँपालिकाको कार्यालयको सोधपुछ तथा सहायता कक्षमा जानुअिघ सेवाग्राहीको शरिरको तापक्रम परिक्षण गर्नुपर्ने, सेवाग्राहीको पूर्ण विवरण सहित आगन्तुक पुस्तिकामा उल्लेख गर्ने, सेवा प्रवाहका लागि प्रमुख प्रवेशद्धार अगाडि दुईवटा सहायता कक्षको व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले जानकारी दिए ।
सेवाग्राही बस्ने स्थानबाट सेवाग्राहीले पालैपालो सेवा लिनका लागि सहयता कक्षामा सम्पर्क गर्नुपर्ने सेवाको प्रक्रियामा लाग्ने दस्तुर तथा समयका बारेमा सहयाता कक्षामा रहेका कर्मचारीले यथाशिघ्र छिटो सेवाग्राहीलाई जानकारी दिनुपर्ने व्यवस्था गरिएको मापदण्डमा उल्लेख गरिएको छ । आर्थिक तथा विपत पीडित सहायता संभव भएसम्मभ सोही दिन उपलब्ध गराउने व्यवस्था शिवपुरी गाउँपालिकाले गरेको छ ।

Classic Tech Desktop

सेवाग्राहीको कामसँग सम्बन्धित विषयतमा शाखामा रहने कर्मचारीसँग बुझेर सेवाग्राही समक्ष जानकारी दिनु सहयता कक्षमा रहेका कर्मचारीको कर्तव्य सम्झेर सेवा प्रवाह गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरिएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सहयता कक्ष र स्वास्थ्य सहयाता कक्षमा अझै संवेदनशिल भइ सम्बन्धित सबैले भौतिक दुरी कायम गर्नुपर्ने व्यवस्था गरिएको बताए ।

कर्मचारीले सेवाग्राहीको काम सँग सम्बन्धित आफ्नो जिम्मेवारी समयमा नै पूरा गर्नुपर्ने, सेवाग्राहीलाई आवश्यक दुःख दिने झर्कोफर्को गर्ने जस्ता कार्य कर्मचारीले गर्न नहुने र सेवाग्राहीले पनि कर्मचारीलाई अनावश्यक दबाब र तनाब दिन हुने मापदण्डमा उल्लेख गरिएको छ । गाउँपालिकाले सङ्क्रमण कालीन मापदण्ड बनाइ कार्यान्वयनमा ल्याएकाले सेवाग्राहीले पनि पाकिलामा सुशासन भएको महशुस गरेका छन् ।

कोभिड १९ को सङ्क्रमणबाट बच्चनका लागि स्थानीय तहले मापदण्डै बनाएर व्यवहारमा कार्यान्वयन गरेको शिवपुरी गाउँपालिका पहिलो भएको दाबी गरिएको छ । गाउँपाकिाले शुसासन पारदर्शिता र जवाफदेहिता स्थापित गर्ने काममा उच्च प्राथमिकता दिएको छ । जनप्रतिनिधि र कर्मचारीको मिल्दा धेरै काम गर्न सकिन्छ भन्ने नमूना शिवपुरी गाउँपालिकाले देखाएको छ ।

 

प्रतिकृया