• १४ भदौ २०८३, सोमबार
  • ४:३० बेलुका

बाढीले पुल र सडक बगाएपछि नुवाकोटमा फेरि जडान हुँदै तुइन

प्रकाशित मिति

२०८३ भाद्र १५ गते, सोमबार ०४:३०

रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढीका कारण सडक, मोटरेबल पुल, झोलुङ्गे पुल तथा गोरेटो बाटो बगाउँदा प्रभावित क्षेत्रमा आवतजावतमा समस्या भएको छ।

यातायात र आवागमन पूर्ण रूपमा प्रभावित भएपछि सरकारले विस्थापन गर्दै आएको तुइन फेरि जडान गर्न थालिएको छ। नुवाकोटको बट्टार क्षेत्रमा हाल तुइन जडान गर्ने काम भइरहेको छ।

Kamana Sewa

स्थानीय दुर्गाराज पाठकले अहिलेको अवस्थामा तुइन सबैभन्दा आवश्यक पूर्वाधार बनेको बताएका छन्। उनले केही समयअघिसम्म तुइन विस्थापन गर्नुपर्ने पक्षमा आवाज उठाउनेहरू नै अहिले परिस्थितिले बाध्य बनाउँदा तुइन जडान गर्न लागिएको बताए।

Classic Tech Desktop

‘समय बलवान छ, केही समयअघिसम्म तुइन विस्थापित गर्नुपर्छ भनेर वकालत गर्ने हामीलाई यही तुइन सबैभन्दा आवश्यक चीज भइरहेको छ र जडान गर्दैछौँ,’ उनले भने।

नेपाली सेना र स्थानीय युवाहरूको समन्वयमा प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन तुइन जडान गरिएको हो।

प्रतिकृया