• १४ भदौ २०८३, सोमबार
  • १:१० बेलुका

सुवा बाढीमा ज्यान गुमाएकाको पशुपतिमा निःशुल्क दाहसंस्कार हुने

प्रकाशित मिति

२०८३ भाद्र १५ गते, सोमबार ०१:१०

१५ भदौ २०८३ काठमाडौं — रसुवा बाढीमा परी निधन भएकाहरूको पशुपति क्षेत्रस्थित आर्यघाट तथा भष्मेश्वर घाटमा निःशुल्क दाहसंस्कार गरिने भएको छ। पशुपति क्षेत्र विकास कोषले बाढीमा ज्यान गुमाएकाहरूको निःशुल्क दाहसंस्कारका लागि आवश्यक सम्पूर्ण व्यवस्था मिलाइएको जनाएको छ।

कोष सञ्चालक परिषद्का सदस्य केदारमान भण्डारीका अनुसार विपद्को कठिन घडीमा पीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको हो।

Kamana Sewa

निःशुल्क दाहसंस्कारका लागि शरदराज वैद्यलाई सम्पर्क गर्न सकिने कोषले जनाएको छ। यस विषयमा थप जानकारीका लागि पशुपति क्षेत्र विकास कोषको कार्यालयमा सम्पर्क गर्न सकिने बताइएको छ।

Classic Tech Desktop

प्रतिकृया