• १२ असार २०८३, शुक्रबार
  • ८:३१ बेलुका

९३ हजार सिकिस्त ,विश्वभर एक करोड ३९ लाख बढी सक्रिय संक्रमित

प्रकाशित मिति

२०७७ कार्तिक २५ गते, मंगलवार ११:२१

काठमाडौँ, विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख नाघेको छ ।

पछिल्लो २४ घण्टामा ४ लाख ८२ हजार ११४ जनामा संक्रमण पुष्टि भएसँगै सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख २१ हजार ३२० पुगेको छ ।

Kamana Sewa

उपचार गराइरहेकामध्ये ९३ हजार ७२७ जना सिकिस्त रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Classic Tech Desktop

कुल संक्रमितको संख्या भने ५ करोड १२ लाख ४३ हजार ४१९ पुगेको छ । यसमध्ये युरोपमा मात्रै १ करोड २३ लाख ८९ हजार ४८१ जनामा संक्रमण भएको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ७७० जनाको मृत्यु भएको छ । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या १२ लाख ६९ हजार ३७० पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २ लाख ६२ हजार ४५४ जना संक्रमणमुक्त भएका छन् । योसँगै विश्वभर निको हुनेको संख्या ३ करोड ६० लाख ५२ हजार ७९४ पुगेको छ ।

 

प्रतिकृया