• ६ असार २०८३, शनिबार
  • ११:०६ बिहान

बन्धक बनाइएकी बालिकाको उद्धार

प्रकाशित मिति

२०७७ कार्तिक ४ गते, मंगलवार ०९:२०

ललितपुर, ललितपुर महानगरपालिकाका–२९, हरिसिद्धीबाट प्रहरीले आज एक बालिकाको उद्धार गरेको छ । ती बालिका हरिसिद्धिस्थित सीता परियारको कोठामा बन्धक बनाइ राखेको अवस्थामा फेला पारेको महानगरीय प्रहरीवृत सातदोवाटोका प्रहरी नायव उपरीक्षक (डीएसपी) मित्रबन्धु शर्माले जानकारी दिनुभयो ।

बारा जिल्ला सिम्रौनगढ १ धर भई हाल महालक्ष्मी नगरपालिका ४ मनकामना चोक बस्ने गुड्डी शाहकी आठ वर्षकी छोरी अनुखा शाह कोठाभन्दा बाहिर खेलिरहेको समयमा साइकल चढेर आएका तीन जनाले साइकलमा राखी अपहरण गरेको थाहा पाएपछि आफूहरुले उद्दार गरेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता सन्तोष तामाङले बताउनुभयो ।

Kamana Sewa

अपहरण गरेर शरीर बन्धक गरी राख्ने कार्यमा सम्लग्न हुनेमाम सर्लाही जिल्ला हरिवन ८ बासटोल घर भई हाल हरिसिद्धि बस्ने वर्ष ३० का राजु कार्की, काभ्रे जिल्ला नमोबृद्ध ८ बुझाकोट घर भई हरिसिद्धी बस्ने वर्ष २३ की सीता परियार र धनुषा जिल्ला धारापानी गाउँपालिका २ घर भई हाल हरिसिद्धी बस्ने वर्ष ४० का कृष्ण तेलामी छन् ।
रासस

Classic Tech Desktop

प्रतिकृया