• ११ असोज २०८३, आइतबार
  • १२ः१२ दिउँसो

कोरोना महामारीका बीचमा प्रयोगशालाले गरिरहेको योगदान सराहनीय छः मुख्यमन्त्री राउत

प्रकाशित मिति

२०७७ कार्तिक २ गते, आईतवार ०६:१३

धनुषा, प्रदेश नंं २ का मख्यमन्त्री लालबाबु राउतले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाको क्षमता विकासका लागि प्रदेश सरकार हरेक किसिमको सहयोग गर्न तयार रहेको बताउनुभएको छ । प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको पहिलो वार्षिकोत्सव तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले कोरोना महामारीका बीचमा प्रयोगशालाले गरिरहेको योगदान निकै सराहनीय भएको बताउनुभयो ।

National Life

उहाँले प्रादेशिकसहित सबै जिल्लाका प्रयोगशालालाई अत्याधुनिक बनाउनका लागि प्रदेश सरकारले सबै प्रकारको सहयोग गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा सामाजिक विकासमन्त्री नवलकिशोर साहले प्रयोगशालालाई अत्याधुनिक बनाउनका लागि सबै प्रकारको सहयोग गरिने बताउनुभयो ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा श्रवणकुमार मिश्रले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालालाई अत्याधुनिक बनाएर एन्टी स्नेक भेनमको उत्पादनका लागि सहयोग गरिएमा एन्टी स्नेक भेनम उत्पादन गर्न प्रयोगशाला सक्षम भएको बताउनुभयो । सो अवसरमा युएनडिपीले प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि स्वचालित आरएनए एब्सट्रेक्सन मेसिन मुख्यमन्त्री राउतलाई हस्तान्तरण गरेको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

कार्यक्रममा प्रयोगशालाको विकास तथा विस्तारमा सहयोग गर्ने धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेवप्रसाद यादव, नेपाली सेनाका ब्रिगेडियर जनरल सुरेश कार्की, मेजर जेनरल जोनएस खड्का, गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालका तत्कालीन मेसु डा चुमनलाल दास, नारायणी उपक्षेत्रीय अस्पतालका चिकित्सक डा उदयनारायण सिंह, पत्रकार अजय झासहित सुरक्षा तथा स्वास्थ्यकर्मीलाई सम्मानपत्र प्रदान गरिएको थियो ।
रासस

प्रतिकृया