• ११ असोज २०८३, आइतबार
  • ११ः३२ बिहान

मदन भण्डारी मार्ग स्तरोन्नति गरिने

प्रकाशित मिति

२०७७ कार्तिक २ गते, आईतवार ०५:४२

वाग्मती, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले दूरी छोट्याई मदन भण्डारी मार्गको स्तरीकरण गरिने बताउनुभएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेल, प्रधानमन्त्रीका विकासविज्ञ गजेन्द्र थपलियालगायतको टोलीसहित मदन भण्डारी मार्गमा प्रदेश सरकारले निर्माण गर्न लागेको सुरुङ निर्माणस्थलमा पुग्नुभएका मुख्यमन्त्री पौडेलले ढुवानीका साधन हेटौंँडा हुँदै काठमाडौँ पु¥याउन २२८ किलोमिटर बाटो हिँड्नुपर्ने भएकाले दूरी छोट्याई मदन भण्डारी मार्गको स्तरीकरण गर्न लागिएको बताउनुभयो ।

National Life

स्तरीकरणपछि जम्मा ५५ किमी हुने सडकलार्ई फराकिलो पारिने, मोड घटाउने र अनावश्यक घुम्ती र भीरलाई छोट्याउन सुरुङ निर्माण गरिने उहाँले स्पष्ट गर्नुभयो ।
अवलोकनका क्रममा प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश सरकारले आवश्यकताका आधारमा आधुनिक प्रविधिको प्रयोग गरेर पुराना सडक सम्पदाको संरक्षण र स्तरीकरण गरी सहज उपयोग गर्न लागेको जनाउँदै यसमा सङ्घीय सरकारको सहयोग हुने अपेक्षा व्यक्त गर्नुभयो ।
सो अवसरमा योजना आयोगका उपाध्यक्ष डा कँडेलले प्रदेश सरकारले सङ्घीय राजधानी र प्रदेश राजधानीबीच सहज आवागमनका लागि स्तरीकरण गर्नेक्रममा निर्माण गर्न लागेको सुरुङ तथा अन्य सडकखण्डमा सङ्घीय सरकारले कसरी सहयोग गर्न सक्छ भन्नेबारेमा निर्माणस्थलमै पुगेर अवलोकन गर्न यहाँ आएको बताउनुभयो ।

प्रधानमन्त्रीका विकासविज्ञ थपलियाले हेटौंँडा– काठमाडौँको सबैभन्दा प्राचीन र छोटो मार्ग भइकन पनि स्थायित्व लिन नसकेको मदन भण्डारी मार्गलाई स्थायी र सुरक्षित बनाउन प्रदेश सरकारले थालेको प्रयासलाई केन्द्र सरकारले सहयोग गर्ने वचन दिनुभयो ।
झिनामसिना विवादमा नपरौँः फुयाँल

Classic Tech Mobile
Classic Tech Desktop

भौतिक पूर्वाधार विकासमन्त्री फुयाँलले विकासनिर्माणको कामलाई स्वागत गर्ने संस्कृतिको विकास गरिनुपर्ने बताउनुभएको छ । हेटौंँडा –काठमाडौँ छोटो मार्गअन्तर्गत निर्माणाधीन कुलेखानी–दक्षिणकाली सडकखण्डको स्तरीकरणका क्रममा केही स्थानीयवासीले अवरोध गरेको ठेकेदारको गुनासोपछि आज सडक क्षेत्र पर्ने इन्द्रसरोवर गाउँपालिकाका प्रमुख जीवन लामालगायत जनप्रतिनिधिसँग छलफल गर्दै मन्त्री फुयाँलले विकासनिर्माणमा देखिएका विवादको स्थानीय तहले समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले ठूल्ठूला योजना झिनामसिना विवादका कारण चौपट भएकाले सरकारलाई हतोत्साही गर्ने काम नगर्न अनुरोध गर्नुभयो ।

मन्त्री फुयालले कसैको बास नै उठ्ने वा गाँस नै खोसिने अवस्थामा बाहेक सरकारले मुआब्जा दिएर विकासनिर्माण गर्न नसक्ने स्पष्ट पार्नुभयो । एकदुई हात जग्गा सडकका लागि छाड्दा आफू तथा आफ्ना टोल, गाउँ र देशलाई नै फाइदा पुग्नेतर्फ सबै नागरिक सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।मन्त्री फुयाँलले आजै निर्माणाधीन भीमफेदी –कुलेखानी सडकखण्ड, चित्लाङ– थानकोट सडकखण्डलगायत निर्माणाधीन पूर्वाधारको पनि अनुगमन तथा अवलोकन गर्नुभएको थियो ।
रासस

प्रतिकृया