• ११ असोज २०८३, आइतबार
  • १ः३२ दिउँसो

सडक मानव मुक्त बनाउने अभियानमा धुलिखेल नगरपालिकाको सहयोग

प्रकाशित मिति

२०७७ आश्विन २५ गते, आईतवार ०९:३५

काभ्रे, काभ्रेपलाञ्चोक जिल्लालाई सडक मानव मुक्त बनाउन मानव कल्याण समाज (सेवा घर) लाई धुलिखेल नगरपालिकाले भवन तथा अन्य आवश्यक सहयोग उपलब्ध गराउने भएको छ । मानवको हैसियतमा बाँच्न पाउने अधिकारलाई संरक्षण गर्न नगरपालिकाले सम्पूर्ण सहयोग उपलब्ध गराउने नगर प्रमुख अशोक ब्याञ्जुले बताउनु भयो ।

National Life

भक्तपुरमा केन्द्रिय कार्यालय स्थापना गरी २०७५ बैशाख देखि सेवा शुरु गरेको उक्त संस्थाले काभ्रेपलाञ्चोक जिल्लामा भदौ १५ गते देखि सडक मानवको उद्धार गर्न शुरु गरे पनि शुक्रबार औपचारिक उद्घाटन गरेको थियो । उद्घाटन कार्यक्रममा बोल्दै धुलिखेल नगरपालिकालाई बालमैत्री, बालश्रममुक्त नगर घोषणाको तयारीमा जुटिरहँदा सडकमा हुने मानवहरुको उद्धार र ब्यवस्थापन सँगै पुर्नस्थापना गर्ने कार्यमा साझेदारी गर्ने मानव कल्याण समाजलाई धन्यवाद दिदै सरकारको काममा संस्थाले लिएको अगुवाईमा नगरपालिकाले पूर्ण रुपमा सहयोग गर्ने नगर प्रमुख ब्याञ्जुले बताउनु भयो ।

 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया