• ११ असोज २०८३, आइतबार
  • १०ः५० बिहान

नायिका मिस्टि मुखर्जीको निधन

प्रकाशित मिति

२०७७ आश्विन १८ गते, आईतवार ०८:४६

एजेन्सी,बंगाली र हिन्दी फिल्ममा अभिनय गरिसकेकी नायिका मिष्टि मुखर्जीको २७ वर्षको उमेरमा निधन भएको छ । उनको शुक्रबार बेलुका बेंगलुरुमा निधन भएको हो । रिपोर्ट अनुसार नायिकाको अन्तिम संस्कार शनिबार गरिएको छ ।

National Life

सन् २०१३ मा गरिन् बलिउड डेब्यूः

सन् २०१३ मा फिल्म ‘मे कृष्णा हुँ’ बाट बलिउड डेब्यू गर्ने मिष्टि मुखर्जी मृगौलाको समस्यासँग जुधिरहेकी थिइन् र पछिल्लो केही महिनादेखि किटो डाइटमा थिइन् । मिष्टि मुखर्जीको परिवारमा उनका आमा–बुवा र भाइ छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

थुप्रै आइटम नम्बरमा गरिन् कामः

फिल्म ‘मे कृष्णा हुँ’ मा डान्स नम्बर गरेपछि मिष्टि मुखर्जीले निर्देशक राकेश मेहताको फिल्म ‘लाइफ की तो लग गई’ मा काम गरिन् । मिष्टि मुखर्जी बोल्ड म्युजिक र आइटम नम्बर्समा निकै चर्चित थिइन् । यसबाहेक उनी थुप्रै ठूला पार्टी र कार्यक्रममा देखिन्थिन् ।

विवादमा आयो नामः

सन् २०१४ मा मिष्टि मुखर्जीको एउटा ठूलो विवादमा नाम मुछियो त्यसपछि मुम्बईमा उनको घरको अनुसन्धान गर्दा ठूलो परिमाणमा अश्लिल सिडी बरामद भएको थियो । यो मामिलामा उनका पिता र भाइलाई पक्राउ गरिएको थियो तर पछि उनलाई जमानतमा छोडिएको थियो ।

प्रतिकृया