• ५ साउन २०८३, मंगलबार
  • ४:०६ बेलुका

विद्युत् सेवा अवरुद्ध

प्रकाशित मिति

२०७७ भाद्र २८ गते, आईतवार ०६:१५

सिमकोट, हुम्लाको सिमकोट र खार्पुनाथ गाउँपालिकामा विद्युत् आपूर्ति गर्दै आएको हिल्दुम साना जलविद्युत् आयोजनाको पावर हाउस पछाडि पेनस्टिक पाइप फुट्दा शनिबार रातिदेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

पाइप फुटेर विद्युत् आयोजना अवरुद्ध भएपछि जिल्ला सदरमुकाम सिमकोट र खार्पुनाथ गाउँपालकाका अधिकांश बस्ती अन्धकार भएका छन् । शनिबार बेलुका एक्कासी पावर हाउसमा पानी आपूर्ति गर्ने पाइप फुटेपछि विद्युत् सेवा अवरुद्ध भएको आयोजनाले जनाएको छ ।

Kamana Sewa

असजिलो स्थानको पाइप फुटेपछि मर्मत गर्न पनि समय लाग्ने भएको छ । आयोजनाका प्राविधिक गब्बर लामासहितको टोलीले पावर हाउसमा पाइप फुटेको स्थानमा मर्मत जारी राखेको जनाइएको छ । विद्युत् सेवा अवरुद्ध भएसँगै जनजिवन प्रभावित भएको छ ।
रासस

Classic Tech Desktop

प्रतिकृया