• २८ भदौ २०८३, आइतबार
  • ७ः५७ बेलुका

कक्षा ११ मा भर्ना भदौ १५ पछि

प्रकाशित मिति

२०७७ भाद्र ३ गते, बुधबार ०७:०३

 

National Life

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कोरोना भाइरसको बढ्दो सङ्क्रमणकै अवस्थामा माध्यमिक शिक्षा परीक्षा एसईई को परीक्षाफल प्रकाशित गरेपछि कक्षा ११ मा भर्नातर्फ विद्यार्थीको ध्यान गएको छ । तर भर्नाको निधो भने भदौ १५ पछि मात्र हुने अधिकारीहरूले बताएका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गेहनाथ गौतमले सरकारले विद्यार्थीको शैक्षिक सत्र खेर जान नदिने उद्देश्यले नै सङ्क्रमणबीच नतिजा सार्वजनिक गरेको जानकारी दिनुुभयो । उहाँले भन्नुुभयो, ‘‘भर्नाको निधो भने भदौ १५ पछि मात्र हुुने छ ।’’ सरकारले भदौ १५ गतेसम्म शैक्षिक संस्थामा भर्ना लगायतका प्रक्रिया रोक लगाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

विगतका वर्षमा कक्षा ११ को शैक्षिक सत्र साउन १५ बाट मात्रै सुरु हुने भएकाले यस पटक समयका हिसाबले खासै क्षति नभएको दाबी सरकारी अधिकारीहरूले गरेका छन् । यसबाट झन्डै पाँच लाख विद्यार्थीले आफ्नो शैक्षिक सत्र निर्धारित समयमै सक्ने झिनो आशा अझै बाँकी रहेको छ । साविकभन्दा केही ढिला नतिजा प्रकाशन भए पनि अब शैक्षिक गतिविधि नियमित भए विद्यार्थीको शैक्षिक सत्र नै खेर नजाने तर्क गरिएको छ ।

गौतमले कक्षा ११ का विद्यार्थीको हकमा शैक्षिक समस्या नहुने बत९ाउनुभयो । भाइरसको जोखिमका कारण अब दुई तीन महिना ढिला नै कक्षा सुरु भए पनि कक्षा ११ मा अध्ययन गर्र्ने विद्यार्थीलाई कुनै समस्या नहुने उहाँको भनाइ छ । कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको त शैक्षिक सत्र सदुपयोग गर्ने हिसाबले छलफल भइरहेको छ भने कक्षा ११ का विद्यार्थीको हकमा समस्या नहुने जानकारी दिनुभयो ।

यस पटक ११ मा भर्ना हुने विद्यार्थीले नयाँ कक्षामा यसै शैक्षिक सत्रबाट लागू गर्ने भनिएको नयाँ पाठ्यक्रम अध्ययन गर्नुपर्नेछ । सरकारले यसअघि नै नयाँ शैक्षिक सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरिसकेको छ ।

सरकारले कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको भर्ना, अभिलेखीकरण लगायतका निर्णय भदौ १५ गतेपछि गर्ने भएको छ । कोरोना भाइरसका कारण भदौँ १५ गतेसम्म भर्ना लगायतका सबै प्रक्रिया रोकिएकाले त्यसपछि मात्रै सरकारले निर्णय गर्ने जानकारी निर्देशक गौतमले दिनुभयो । बढ्दो सङ्क्रमणका कारण विद्यार्थीको भर्ना कहिले सुरु हुन्छ भन्ने यकिन गर्न नसकिए पनि केही महिना चिन्ता लिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । तत्काल विद्यार्थी भर्ना नभएको अवस्थामा अनलाइन कक्षा सञ्चालन गर्नसमेत विद्यालयलाई खुला गर्न नसकिने सरकारले स्पष्ट गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डले आगामी दुई तीन सातासम्म विद्यार्थीको प्रमाणपत्र विद्यालयमा पठाउने गरी तयारी थालेको छ । यसपछि बल्ल विद्यार्थीलाई भर्नाका लागि औपचारिक बाटो खुल्नेछ । बोर्डका परीक्षा नियन्त्रक रामराज खकुरेलले आगामी जेठ असारमा विद्यालयले स्वयंले विद्यार्थीको परीक्षा लिने भएकाले विद्यार्थीका लागि अध्ययन गर्ने समय पुग्ने बताउनुभयो ।

११ को नतिजा आएपछि कक्षा १२ मा
यस पटकबाट कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीले अब कक्षा १२ मा जानुअघि नै कक्षा ११ उत्र्तीण गरेको हुनुपर्ने नियम बनाएको छ । विद्यार्थीलाई कक्षा ११ उत्तीर्ण भएको परीक्षाफल दिएपछि मात्रै कक्षा १२ मा लैजान मिल्ने गरी नयाँ प्रावधान बनाइएको जानकारी परीक्षा नियन्त्रक खकुरेलले दिनुभएको छ । यो समाचार आजको गोरखापत्रले प्रकाशन गरेको छ ।

प्रतिकृया