अनियन्त्रित बन्दै कोरोना भाइरस
प्रकाशित मिति
२०७७ भाद्र ३ गते, बुधबार ०६:४८
काठमाडौं । मंगलबार नेपालमा हालसम्मकै सबैभन्दा धेरै संख्यामा कोरोना भाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार मात्रै १ हजार १६ जनामा संक्रमण पुष्टि भएको छ ।
यसअघि सबैभन्दा उच्च संख्यामा गत १९ असारमा ७ सय ४६ जनामा संक्रमण देखिएको थियो । पछिल्लो एक सातायता ४ हजार ३ सय ९ जनामा संक्रमण पुष्टि भएको छ । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या २८ हजार २ सय ५७ पुगेको छ ।
पछिल्लो एक साताको अवधिमा ८० हजार १ सय ६८ जनाको आरटी–पिसिआर प्रविधिबाट कोरोना परीक्षण गरिएको छ । हालसम्म देशभर ५ लाख ४२ हजार ८ सय ६६ जनाको कोरोना परीक्षण गरिएको छ । एक सातालाई आधार मान्दा दैनिक रूपमा ११ हजार ४ सय ५२ जनाको आरटी–पिसिआर विधिबाट कोरोना परीक्षण हुँदै आएको छ । यो समाचार आजको राजधानी दैनिकमा लेखिएको छ ।
Related
Recent News
- कोरलानाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व संकलन
- आजदेखि हरितालिका तीज सुरु, महिलाहरू दर खाँदै
- काठमाडौंमा पाँच दिनमा २ लाख ३३ हजारभन्दा बढी ग्यास सिलिण्डर बिक्री
- प्राकृतिक विपत्तिका कारण नेपालमा लगानी गर्न हुँदैन भन्ने धारणा बन्नु हुँदैन: कुलमान घिसिङ
- भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षति मूल्याङ्कन गर्न समिति गठन
- बेनी हाइड्रोपावरको आईपीओमा मागभन्दा ३० गुणाभन्दा बढी
- माछापुच्छ्रे बैंकद्वारा ६ प्रतिशत लाभांश प्रस्ताव
- रसुवा–भोटेकोशी बाढीको सहयोग र राहत विवरण सार्वजनिक गर्न पोर्टल सञ्चालन
- बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बको क्षति, पुनर्निर्माणमा यति ठूलो रकम आवश्यक
- नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा क्रिकेटर कुशल र नायिका नीति
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया