नेपाल र भारतबीच पञ्चेश्वर परियोजनाबारे छलफल
प्रकाशित मिति
२०७७ भाद्र २ गते, मंगलवार ०५:०७
काठमाडौं, नेपाल र भारतबीच पञ्चेश्वर बहुउद्देश्यीय परियोजना र महाकाली नदीमा मोटर गुड्ने पुल निर्माणबारे छलफल भएको छ । दुई देशबीच लामो समययता अगाडि बढ्न नसकेको परियोजनाबारे हिजो संयुक्त अनुगमन संयन्त्रको बैठकमा छलफल भएको हो । इन्डियन एक्सप्रेसका अनुसार हिजोको छलफलमा पञ्चेश्वर परियोजना पनि विषयमा परेको थियो ।
सन् १९९६ मा महाकाली सन्धी भएपछि छ महिनाभित्र पञ्चेश्वर बहुउद्देश्यीय परियोजनाको डिपीआर बनाइसक्ने भनिएपछि अझैसम्म बन्न सकेको छैन । नेपालले परियोजना निर्माण भइसक्नुपर्नेमा नभएको भन्दै असन्तुष्टि जनाउँदै आएको छ ।
महाकाली नदीमा संयुक्त डिपिआरका आधारमा पञ्चेश्वर परियोजना निर्माण गरिने सन्धीमा उल्लेख छ । जसमा विद्युत उत्पादन, सिंचाई, बाढी निन्त्रणलगायतका विषय उल्लेख छन् ।
यसैगरी, हिजो संयुक्त संयन्त्रमा विवकास परियोजनाको कार्यप्रगतिबारे औपचारिक छलफल भएको थियो । भिडियो कन्फरेन्समार्फत् आज दुई पक्षबीच परियोजनाको कार्यप्रगतिबारे छलफल भएको बताइएको छ । दुई देशबीच चार महिनाको औपचारिक संवादहीनताको अवस्थामा आइसब्रेक भएलगत्तै समिक्षा बैठक हुनुले नयाँ माहोल सृजना भएको छ ।






प्रतिकृया