प्रधानमन्त्री ओलीलाई गगन थापाको ध्यानाकार्षण पत्र
प्रकाशित मिति
२०७७ भाद्र २ गते, मंगलवार ०५:२३
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन कुमार थापाले कोरोना संक्रमणबारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकार्षण पत्र बुझाएका छन् । सबैको साथ र सहयोग हुँदाहुँदैपनि सरकार गम्भीर नहुँदा अहिले कोरोना संक्रमणको भयावह अवस्था आएको उनको भनाई छ ।
‘कोरोना संक्रमणको तीव्र फैलावटसँगै हामी भयावह अवस्थामा पुगेका छौँ । यस्तो अवस्था आउन नदिन सबैले एकताबद्ध भएर यो संकटको सामना गर्नुपर्छ भनेर प्रारम्भबाटै हामी सरकारको साथमा उभिएका थियौँ । तर, महामारीको रोकथाम र नियन्त्रणका लागि सबै तहरतप्काकाको सहयोग हुँदाहुँदै सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको हो’
थापाले प्रधानमन्त्रीलाई लेखेको पत्रमा भनिएको छ ।
सम्माननीय प्रधानमन्त्रीज्यूलाई कोरोना संक्रमणका सन्दर्भमा ध्यानाकर्षण पत्र
सम्माननीय प्रधानमन्त्रीज्यू,
कोरोना संक्रमणको तीव्र फैलावटसँगै हामी भयावह अवस्थामा पुगेका छौँ । यस्तो अवस्था आउन नदिन सबैले एकताबद्ध भएर यो संकटको सामना गर्नुपर्छ भनेर प्रारम्भबाटै हामी सरकारको साथमा उभिएका थियौँ । तर, महामारीको रोकथाम र नियन्त्रणका लागि सबै तह९तप्काकाको सहयोग हुँदाहुँदै सरकारको असंवेदनशीलता, अहंकार र अकर्मण्यताका कारण यो भयानक अवस्था आएको हो।
कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न पछिल्लो पटक २०७७ असार २ गते नेपाली कांग्रेस संसदीय दलका तर्फबाट तपाईँलाई भेटेरै ध्यानाकर्षण गराएको र त्यस लगत्तै संसदमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएको अवगत नै होला । असार १८ गते षडयन्त्रपूर्वक संसदको बैठक अन्त्य नगरेको भए शायद अहिले संसदमा नै यो विषयमा हाम्रो संवाद हुने थियो । तर अपसोच, तपाईँको पार्टीको गुटगत किचलोको अचानोमा संसदलाई पारियो र कार्यसूचीमा रहेका अनेकन विषयसँगै कोरोना सम्बन्धी महत्वपूर्ण प्रस्तावमा समेत छलफल नभई अधिवेशन अन्त्य गरियो । त्यसैले आज तपाईँसँग संवाद गर्ने मसँग यो खुल्ला पत्र बाहेक अर्को विकल्प रहेन । कोरोनाको बढ्दो संक्रमण र सरकारको गैरजिम्मेवारीपनबाट उत्पन्न बेचैनीमा झिनो आशाका साथ पुनस् यो पत्रमार्फत देशको सरकार प्रमुखको ध्यानाकर्षण गराउन खोजेको छु ।
प्रधानमन्त्रीज्यू,
संसद बैठक अन्त्यपछि तपाईँले पार्टीका, गुटका र सत्ताका बारेमा दर्जनौँपटक बालुवाटार भित्रै बैठक, छलफल गर्नुभयो तर विडम्बना, यो बीचमा केही दिन अगाडि विज्ञहरूसँगको एउटा छलफल बाहेक कोरोना महामारीका सन्दर्भमा एक निमेष पनि सोच्ने फुर्सद पाउनु भएन । बरू, मन्त्री र सरकारका जिम्मेवार व्यक्तिबाट यो बीचमा ुुमोतियाविन्दु लागेर सरकारको काम देखेनन, टर्च बालेर खोज्दा पनि संक्रमित भेटिएनन्, सरकारले काम गरेन भन्नेहरूको मति सप्रियोस् ू भन्ने जस्ता हद दर्जाका गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आए । कोरोनाले प्रधानमन्त्री, मन्त्रीहरू पार्टीको र गुटको काममा व्यस्त हुनुहुन्छ भनेर पर्खेन, संक्रमण फैलिने क्रम रोकिएन । भाद्र १ गतेसम्म नेपालमा १०७ जनाको मृत्यु भइसकेको छ । देशैभरी पोजेटिभ केसको संख्या २७२४१ पुगेको छ भने सरकारले लकडाउनको अन्त्य गरेपछिका दिनमा काठमाडौं उपत्यकामा मात्रै संक्रमितको संख्या २१०० नाघि सकेको छ । छिमेकी देशहरूमा भयावह रूप लिँदै गएको स्थितिले पनि नेपालमा यो संक्रमण दर अझै बढ्ने चिन्ताजनक अनुमान छ ।
प्रधानमन्त्रीज्यू,
कोरोना भाइरसको संकट भू९कम्पको कुनै झड्का जस्तो आकस्मिक रूपमा आएको होइन । नेपालमा मात्रै आएको पनि होइन । संसारभरी ती देशले सफलतापूर्वक सामना गरेका छन्, जहाँको नेतृत्व भाइरस भन्दा अगाडि दौडियो । तर, नेपालमा भने कोरोना अघि अघि र सरकारको तयारी पछि पछि भएको छ । तयारी गर्न, रोकथाम र नियन्त्रण गर्न पर्याप्त समय हुँदाहुँदै पनि हामीले सदुपयोग गर्न सकेनौँ । कोभिड९१९ संक्रमणको सम्भाव्य अवस्थालाई सरकारले संवेदनशील रूपमा लिएको भए, विज्ञहरू, संसद र राजनीतिक तथा नागरिकस्तरबाट प्राप्त सुझाव र सहयोगलाई ग्रहण गरेर त्यो अनुरूप काम गरेको भए अहिलेको अवस्था आउने नै थिएन ।
प्रधानमन्त्रीज्यू, एकपटक फर्केर स्मरण गर्नुहोस् तस नेपालभित्र एक जनामा पनि संक्रमण नहुँदै पाँच महिना अगाडि २०७६ फागुन २३ गते संसदमा कोरोना महामारीको सम्बन्धमा सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल हुँदैगर्दा हामीले सरकारले गर्नुपर्ने पूर्व तयारी र कार्ययोजनाका बारेमा बुँदागत रूपमा ध्यानाकर्षण गरायौँ९ तपाईँले सुन्नुभएन, बरू नेपालमा कोरोना आउँदैन, नेपालीलाई छुँदैन भन्नुभयो । चैत्र ११ गते लकडाउन भएपछि १२ गते तपाईँलाई विस्तृत पत्र लेखेर लकडाउनका बेलामा परीक्षण बढाउने लगायत सरकारले गर्नैपर्ने तयारीका विषय ध्यानाकर्षण गरायौँ९ सुन्नुभएन । हामीले पीसीआर परीक्षण व्यापक बनाऔँ भन्यौँ९तपाईँ आरडीटी खरिद गर्न लाग्नुभयो । हामीले व्यवस्थित क्वारेन्टाइन बनाएर विदेशवाट आएका व्यक्तिलाई राखौँ र परीक्षण गरेर घर पठाऔँ भन्यौँ९ तपाईँले भारतबाट आएका छैनन्, आउँदैनन् भन्नुभयो तर हप्तौं क्वारेन्टाइनमा राखेर परीक्षण नगरी घर फर्काउने काम भयो । हामीले सरकारी र निजीस्तरमा निश्चित अस्पताललाई कोरोना अस्पताल तोकेर अस्पताल केन्द्रित तयारी गरौँ भन्यौँ९ तपाईँ बेसार र तातोपानी उपचारमा केन्द्रित हुनुभयो । वैशाख ३१ गते स्वास्थ्य मन्त्रीलाई अस्पताल केन्द्रित तयारी लगायत तत्काल गर्नैपर्ने केही विषयमा पुनस् ध्यानाकर्ष गर्यौं९ सुन्नुभयो तर काम गर्नुभएन । असारमा पुनस् तपाईँलाई भेटेरै भन्यौँ९ सावुन पानी चाहिदैन तातोपानी भए पुग्छ भनेर लामो प्रवचन दिनुभयो । हामीले जोखिमयुक्त क्षेत्रमा परीक्षण बढाऔँ भन्यौँ९ सरकार टर्चलाईट बालेर खोज्दा नि संक्रमित भेटिएन भनेर बस्यो । लकडाउन खुकुलो भएसँगै जोखिम कम भएको होइन परीक्षण कम भएको हो भन्यौँ९ तपाईँका मन्त्रीले सरकारका काम नदेख्ने भन्दै निम्मकोटीका अभिव्यक्ति दिनुभयो । यसरी हामीले कहिले संसदमा, कहिले सडकबाट, कहिले भेटेर, कहिले पत्र लेखेर झक्झकाइरह्यौँ, तर विडम्बना, तपाईँमा अरूका विचार सुन्ने धैर्य र कार्यान्वयन गर्ने प्रतिबद्धता दुवै भएन । यो महासंकटसँग जुध्नको लागि यस बीचमा सरकारले जे गर्नैपर्थ्यो त्यो गरेन, जे गर्यो त्यो पनि पर्याप्त भएन, जसरी गर्यो त्यो तरिका ठीक नभएको अब प्रमाणित भइसक्यो।
हामीले फागुनदेखि नै टेष्टिङ, ट्रेसिङ, आइसोलेसन र अस्पताल केन्द्रीत तयारी संगसंगै गरौं भनेर भन्यौं, सरकारले सुनेन बरू केही दिन अगाडि स्वास्थ्यमन्त्रीले भन्नुभएछ९ ूएक जमाना थियो पीपीई भएन भन्ने, त्यसको अभाव छैन भनेपछि त्यसको गीत बजेन, पीसीआर परीक्षणको गीत आयो, अब औषधिको आउने छ र भेन्टिलेटरको गीतहरू आउनेछन्ू । यसबाट नै कोरोना रोकथाम र नियन्त्रणका सन्दर्भमा सरकारको कति अज्ञानता छ र कसरी बरालिएको छ भन्ने कुरा प्रष्ट हुन्छ । दुस्खका साथ भन्नैपर्छ, नेपालमा कोरोना संक्रमणका कारण नागरिकको जे जसरी मृत्यु भएको छ, जति संक्रमित भएका छन, जुन कष्ट बेहोर्नुपरेको छ, सरकारले अलिकति पनि संवेदनशीलता देखाइदिएको भए यो क्रमलाई रोक्न सकिन्थ्यो । संक्रमितको पहिचान, आइसोलेसन, कन्ट्राक्ट ट्रेसिङ टेष्टिङ र उपचार पद्धतिलाई चुस्त बनाएर समयमा नै काम गरेको भए स्थिति नियन्त्रणमा रहन्थ्यो ।फेरि पनि भन्छु, आज जे अवस्था आएको छ यो हाम्रो परिस्थिति वा नियतीले होइन, यो तपाईँको अकर्मण्यताका कारणले आएको हो ।
पछिल्ला दिनमा संक्रमण समुदायस्तरमा फैलिएसँगै कतिपय संक्रमितहरूको कन्ट्रयाक्ट ट्रेसिङ हुन सकेको छैन, अस्पतालहरूको व्यवस्थापन हुन सकेको छैन, अस्पतालका बेडहरू भरिँदै गएका छन, आइसोलेसन सेन्टरको अभाव छ, बिस्तारै आईसीयू शैय्या र भेन्टिलेटर क्षमताले नधान्ने अवस्था पुग्न लागेको हुँदा मृत्युदर झन् धेरै बढ्ने अनुमान गरिँदै छ । तर सरकारका सम्बन्धित निकायहरू भने आ९आफ्नै द्वन्द्वमा अल्झेका छन । मन्त्रालयभित्र, मन्त्रालय९मन्त्रालयबीच, जिम्मेवारी लिएका निकायबीच, सरकारहरू बीच सहकार्य छैन, निर्णयमा एकरूपता छैन । जसले गर्दा न कमाण्ड छ न कन्ट्रोल, न संवेदनशीलता छ न समन्वय । यो पत्र लेख्ने बेलासम्म देशभरी दर्जनौँ ठाँउमा स्थानीय स्तरमा निषेधाज्ञा लगाउनुपरेको छ । काठमाडौँ उपत्यकामा समेत पुनस् लकडाउन गर्नुपर्छ भन्ने आवाज आइरहेको छ । लकडाउन सकिएको घोषणासँगै सरकारले सही ढङ्गले बुझाउँन नसक्दा जनस्तरमा समेत थप सतर्कता हुनुपर्नेमा कोरोना नै सकियो जस्तो गरी लापरवाही बढेको छ । अहिलेसम्म तुलनात्मक रूपमा कम सङ्ख्यामा संक्रमित हुँदा त नागरिकको ज्यानको उचित सुरक्षा दिन नसक्ने सरकारले हाम्रो स्वास्थ्य प्रणालीको सघन उपचार क्षमताले धान्न नसक्ने गरी संक्रमितको संख्या बढ्दै जाँदा त्यसको व्यवस्थापन कसरी गर्न सक्छ रु के यो गम्भीर चिन्ताको विषय होइनरु
अब के गर्ने रु
यतिबेला हामी आपतकालीन अवस्थामा छौँ । यो दौडमा जबसम्म कोरोना भाइरसभन्दा अगाडि हुँदैनौँ तबसम्म यो लडाई जित्न सक्दैनौँ । तर प्रधानमन्त्रीज्यूले अझै पनि ुुस्टेट अफ इमर्जेन्सीू को अनुभूति नगर्ने हो भने हामी जति कराए पनि केही हुँदैन । यो संकटबाट जनताको जीवन रक्षा गर्नु अब तपाईँको पहिलो प्राथमिकतामा हुनुपर्छ । के प्रधानमन्त्रीलाई आफ्नो लहडमा विषयान्तर गरेर, आफ्नो पार्टीको स्वार्थी किचलोमा सारा समय खर्च गरेर यो संकटलाई देखेको नदेख्यै गर्ने छूट छ रु छैन र हुनुहुँदैन । तथ्य र आधारविना विभिन्न निकायले लहडमा गर्ने निर्णयहरू रोकेर सरकारहरूले के गर्ने, के नगर्ने स्पष्ट निर्णय लिनुहोस् । कमाण्ड र कन्ट्रोल विना युद्ध लड्न सकिदैन ।कमाण्डर तपाईँ हो । यो आपतकालीन अवस्थामा मुलुकका ७६१ सरकारहरू, सबै सरोकारवाला निकायलगायत सिंगो राज्यप्रणालीलाई चलायमान बनाएर तपाईँको कमाण्ड र कन्ट्रोलमा यो युद्धको सामना गर्ने वातावरण बनाउनुहोस् ।
प्रधानमन्त्रीज्यू, हाम्रो स्वास्थ्य प्रणालीको सिमितता सबैलाई थाहा भएकैले शुरुवात देखि नै हाम्रो रणनीति कम भन्दा कम संक्रमितले मात्रै अस्पताल पुग्नुपरोस् भन्नेमा केन्द्रित हुनुपर्दथ्यो । त्यसको लागि संक्रमण फैलिनै नदिने, संक्रमणको चेन टुटाउने, संक्रमितलाई आइसोलेट गर्ने, चुस्त कन्ट्राक्ट ट्रेसिङ गर्ने, व्यापक र छिटो परीक्षण गर्ने, आइसोलेसन र क्वारेन्टाइन व्यवस्थित र प्रभावकारी बनाउने, अस्पताललाई थेग्नसक्ने बनाउने गरी काम गर्नुपर्थ्यो । हामीले भनिरह्यौँ तर सरकार त्यसो गरेन । अब हामीसँग विकल्प कम छन् । छिटोभन्दा छिटो अस्पताललाई थेग्न सक्ने बनाऔँ, ता कि स्वास्थ्य प्रणाली थला नपरोस्, स्वास्थ्यकर्मीले सुरक्षित रूपमा उच्च मनोबलका साथ काम गर्न सकुन्, धेरै संक्रमितहरू अस्पताल नआइकन निको बनाउन सकियोस्, अस्पताल आउनुपर्ने अवस्थाका बिरामीलाई सहज रूपमा उपचार गर्न सकियोस् । यसका लागि अहिलेको अवस्थामा तत्काल गर्नैपर्ने केही विषयमा म पुनस् तपाईँको ध्यानाकर्षण गराउन चाहान्छु ।
१। काठमाडौँ उपत्यका लगायतका ुहटस्पटु मा कडाइस् अहिले काठमाडौँ, वीरगञ्जलगायत केही शहरहरूमा तीव्र गतिमा संक्रमण देखिएको छ । अन्य क्षेत्रमा पनि फैलिनेक्रम वढेको छ । यस अवस्थामा देशैभरी एउटै निर्णय र एकैखाले रणनीतिले काम गर्दैन । अतस्
संक्रमणको फैलावटलाई रोक्न र उपचारलाई सहज बनाउन तत्काल कम्तिमा दुई हप्ताको लागि काठमाडौँ लगायत संक्रमण बढ्दो गतिमा भएका ूहटस्पटू हरूमा ुजनस्वास्थ्य आपतकालु घोषणा गर्नुहोस् । जनस्वास्थ्य आपतकालको प्रभावकारी कार्यान्वयनको लागि आवश्यक निर्णय र नियम निर्देशिका लगायतका संयन्त्र वनाउनुपर्छ भने तत्काल बनाउनुहोस् । आवागमनलाई पूर्ण रूपमा बन्द गर्नुहोस् । अत्यावश्यक सेवा वाहेक सबै रोक्नुहोस् । तोकिएका सीमानाका व्यवस्थित गरी अन्य सीमानाका बन्द गर्नुहोस् ।
यो दुई हप्ताको अवधिमा पहिलाको जस्तो जनतालाई घरमा राखेर सरकार बालुवाटारमा नसुतोस् । सम्भाव्य जोखिमको आकलन गरेर युद्धस्तरमा अस्पताल केन्द्रित लगायत सम्पूर्ण तयारी यसै समयमा गर्नुहोस् । २ हप्तापछि जनजीवन सहज वनाउन सक्नेगरी गर्नुपर्ने काम यो अवधिमा गर्नुहोस्।
जनतालाई स्वास्थ्य सुरक्षा र सतर्कता अपनाउन, आत्म अनुशासनमा रहन र यो अभियानमा पूर्ण साथ दिन आह्वान गर्नुहोस् । जनतामा अलमल छ । जनताले के गर्ने, कसरी गर्ने प्रष्ट रुपमा संप्रेषित गर्नुहोस् । यसरी जनतालाई अपील गर्दैगर्दा योजना सहित आश्वस्त बनाउनुहोस् । यस कठिन अवस्थाको सामना गर्न जनतालाई सहायता प्याकेजको व्यवस्था गर्नुहोस् ।
स्थानीय सरकारहरूलाई व्यवस्थापनको भारी बोकाएर संघीय सरकार संख्या गनेर मात्रै बस्न मिल्दैन । स्थानीय सरकारलाई आवश्यक स्रोत, साधन, जनशक्तिको व्यवस्था गर्नुहोस् । उनीहरूसंग संवाद गर्नुहोस् । उनीहरूसँगको समन्वयमा जोखिमयुक्त समूह र स्थान पहिचान गरी व्यापक परीक्षण र द्रुत गतिमा व्यवस्थापनको संयन्त्र बनाएर काम गर्नुहोस् ।
२। व्यापक परीक्षणस् सरकारले केही दिन अगाडि परीक्षणको मापदण्ड केही खुकुलो बनाएको छ जुन सकारात्मक छ तर पूर्ण छैन । परीक्षणको रिपोर्ट तत्काल नआँउदा त्यसको उपयोगमा समस्य छ । जसले परीक्षण गर्नुपर्ने हो तीनिहरूले परीक्षण गर्न नपाउने अनि परीक्षण आफै गर भन्ने तर पहुँचको भरमा मापदण्ड विपरित व्यक्तिका निवासदेखि सरकारी९निजी कार्यालयमा गएर परीक्षण गरिदिने काम भएका छन । अतस
अहिलेकै अवस्थामा पनि दिनमा कम्तिमा १५ हजार परीक्षण गर्ने क्षमता छ । भएको क्षमतालाई पूर्ण सदुपयोग गर्दै समयमा परीक्षणको रिपोर्ट आउने व्यवस्था गर्नुहोस् ।
एयय ित्भकतष्लन, म्चथ क्धबद त्भकतष्लन, म्ष्चभअत एऋच् त्भकतष्लन लगायत परीक्षण बढाउने र छिटो गर्ने थुप्रै प्रमाणिक विधिहरूका बारेमा विज्ञहरूले सुझाएका छन । विज्ञहरूसंग राय९सल्लाह लिएर त्यस्ता विधि अपनाएर परीक्षणलाई छिटो र व्यापक बनाउनुहोस् ।
शंकास्पद व्यक्तिले आफ्नो नजिकको प्रयोगशाला, अस्पतालमा निस्शुल्क परीक्षण गराउन पाउने व्यवस्था गर्नुहोस्। पोजेटिभ देखिएको व्यक्तिले के गर्ने, कहाँ सम्पर्क गर्ने कसरी सुरक्षित रहने भन्ने स्पष्ट सुचना सम्प्रेषण गर्ने व्यवस्था र संयन्त्र बनाउनुहोस् ।
विदेशबाट आएका, जोखिमयुक्त समूह, संक्रमित भेटिएका समुदाय, अस्पतालमा रहेका बिरामी, क्वारेन्टाइन र आइसोलेशनमा रहेका व्यक्ति, स्वास्थ्यकर्मीहरू तथा अग्रभागमा खटिएका सुरक्षाकर्मी, सामान्य लक्षण देखिएका व्यक्तिहरूको पहिचान गरी अनिवार्य परीक्षण गर्ने व्यवस्था गर्नुहोस् ।
परीक्षणका लागि आवश्यक किट, उपकरण, जनशक्ति, तालिम र स्वास्थ्य सुरक्षा सामाग्रीको पर्याप्त रूपमा व्यवस्था गर्नुहोस् ।
विभिन्न शहरका प्रवेश विन्दुहरूमा कडाइ गरी अनिवार्य परीक्षण र अभिलेखीकरण गर्ने व्यवस्था गर्नुहोस्।
समुदायमा सतर्कता र परीक्षणका लागि जोखिमयुक्त समूहको पहिचान गर्न स्थानीय सरकारसँग समन्वय गर्नुहोस् ।
३। कन्ट्याक्ट ट्रेसिङ स् कन्ट्याक्ट ट्रेसिङमा सरकार असफल भएको छ । मन्त्रालयले स्थानीय सरकारलाई अनि स्थानीय सरकारले मन्त्रालयलाई देखाएर पन्छिने काम भएको छ । कन्ट्याक्ट ट्रेसिङको क्षमतालाई सबलीकरण गर्दा मात्रै संक्रमणको फैलावटलाई रोक्न सकिन्छ र महामारी नियन्त्रणमा धेरै सफलता पाउन सकिन्छ भनेर हामीले शुरुवात देखिनै भन्दै आएका थियौं । कन्ट्रायाक्ट ट्रेसिङ चुस्त नहुँदा विरगञ्ज लगायतका ठाँउमा जुन भयावह अवस्था सिर्जना भएको छ यसबाट पाठ सिकेर चुस्त कन्ट्रयाक्ट ट्रेसिङ गर्नुको विकल्प छैन । अतस
कन्ट्र्याक्ट ट्रेसिङमा स्थानीय सरकारलाई मद्दत गर्नुहोस् । तत्काल थोरै तालिम दिएर हजारौँ कन्ट्याक्ट ट्रेसिङ गर्ने जनशक्तिलाई स्थानीय सरकारसँग सहकार्य र समन्वयमा परिचालन गर्नुहोस् । जसले गर्दा संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरूको १९२ दिनमा नै कन्ट्याक्ट ट्रेसिङ गरेर संक्रमणलाई थप फैलनबाट रोक्न सकिन्छ ।
यस बारेमा सही सुचना सम्प्रेषण हुन नसक्दा व्यक्ति समुदायसंग र समुदाय व्यक्तिसंग त्रसित हुने, वहिस्करण गर्ने, भयभित हुने अवस्था सिर्जना हुँदै गएको छ । सही ढङ्गले सुचना सम्प्रेषित गर्नुभयो भने नागरिक र समुदायस्तरबाटै कन्ट्रयाक्ट ट्रेसिङमा मद्दत पाउनुहुन्छ ।
४। अस्पताल केन्द्रित तयारीस् अस्पताल केन्द्रित तयारी र क्षमताले अहिले नै नथेग्न अबस्था भइसक्यो । यो अवस्था नआओस भनेर हामीले प्रारम्भदेखि तयारी गरौं भनेका थियौं । अब युद्धस्तरमा तयारी र व्यवस्थापन गरेनौं भने स्वास्थ्य प्रणाली नै दुर्घटनामा पर्नेछ । त्यसैले हाम्रा अस्पतालहरूलाई कसरी थेग्न सक्ने बनाउने भन्ने नै अहिलेको प्रमुख उद्देश्य हुनुपर्दछ । यस सन्दर्भमास
सबै अस्पतालमा निश्चित शैया तोक्ने र कोरोनाको बिरामी पठाउने सरकारको निर्णय आत्मघाति निर्णय हो । यसले संक्रमण सबैतिर फैलिने सम्भावना रहन्छ र स्वास्थ्यकर्मी पनि सुरक्षित रहन सक्दैनन् । तत्काल सरकारी, निजी लगायत निश्चित अस्पताललाई कोरोनाको लागि मात्र उपचार गर्ने ुडेडिकेटेड कोभिड अस्पतालु र केहीलाई ुनन९कोभिड अस्पतालु को रुपमा छुट्टयाउनुहोस् ।
यसको लागि हामीले भनेको जस्तो उपलब्ध र संभव भएका ठाँउमा देशैभरी केही निजी मेडिकल कलेज र अस्पतालसँग तत्काल सम्झौता गरी ९विरगञ्जमा जस्तै० निश्चित समयसम्म सरकारले नै लिजमा लिएर ुकोभिड९१९ अस्पतालु बनाउनुहोस् र आवश्यक औषधी, उपकरण र जनशक्तिको व्यवस्था गर्नुहोस् ।
डेडिकेटेड अस्पतालले नपुगेको अबस्थामा अन्य अस्पतालहरू पनि थप्दै जानुपर्ने अवस्था आउनसक्छ । यस विचको समयमा अन्य अस्पतालमा पनि क्ष्लाभअतष्यल ऋयलतचय ि को लागि आवश्यक काम गर्न लगाउनुहोस् र केही हप्तामा ति अस्पतालमा पनि जोखिममुक्त रुपमा उपचार गर्न मिल्ने गरी तयारी अबस्थामा राख्नुहोस् ।
कोभिड बाहेकका अन्य बिरामीहरूले सहज उपचार पाउने वातावरण निर्माण गर्न खोप, प्रसुती सेवा लगायतका नियमित, अत्यावश्यक तथा आकस्मिक सेवाहरू प्रभावित हुन नदिन नन९कोभिड बिरामीका लागि अन्य अस्पतालमा निर्वाध रुपमा उपचार गर्न पाउने अवस्था सिर्जना गर्नुहोस् । त्यस्ता विरामीका लागि नियमित जाँच र परामर्शका लागि विज्ञसंग छलफल गरी छुट्टै संयन्त्र निर्माण गर्नुहोस् ।
नियमित औषधि सेवन गर्नुपर्ने विरामीहरू औषधिबाट बञ्चित हुनुपरेको छ । त्यस्ता विरामीका लागि आवश्यक औषधि नियमित उपलब्ध हुने व्यवस्था गर्नुहोस् ।
क्वारेन्टाइन र आइसोलेसनका लागि थप ठाउँ पहिचान गरी व्यवस्थित र सुरक्षित बनाउनुहोस् । लक्षण नभएका संक्रमित व्यक्तिलाई आइसोलेसन केन्द्रमा राख्ने र लक्षण भएका अस्पताल जानैपर्ने बिरामीलाई अस्पतालमा लैजाने अवस्था वन्यो भनेमात्र अस्पतालले थेग्न सक्छ । प्रदेश सरकार र स्थानीय सरकारसंग मिलेर स्वास्थ्य सुरक्षा मापदण्ड पुग्नेगरी कम्युनिटी आइसोलेसनको व्यवस्था गर्नुहोस् ।
अत्यन्त कम ठाँउमा मात्र होम आइसोलेसन बस्न सक्ने सम्भावना हुनसक्छ । होम आइसोलेसन बस्न चाहनेहरूका लागि मापदण्ड अनुसार मानसिक र भौतिक सुरक्षा सहित नियमित स्वास्थ्य जाँच, परामर्श तथा निगरानी राख्न स्थानीय सरकारसँगको समन्वयमा स्वास्थ्यकर्मी सहितको आवश्यक संयन्त्र बनाउनुहोस् ।
संक्रमित बिरामीको उपचारमा मद्दत पुर्याउन आवश्यक प्रमाणिक औषधिहरूको सूची बनाई पर्याप्त रूपमा तयारी अवस्थामा राख्नुहोस् । त्यस्ता औषधिको आपुर्ती प्रणालीलाई सहज वनाउनुहोस्।
संक्रमितको संख्या बढ्दैगर्दा सघन उपचारको आवश्यकता बढ्दै जान्छ । उपत्यका र उपत्यकाबाहिर जहाँ सकिन्छ त्यहाँ सघन उपचारका लागि आवश्यक पुर्वाधार, उपकरण थप गर्नुहोस् ।
दुर्गम ठाँउमा समेत सघन उपचारका लागि सहज बनाउन त्यहां कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तत्काल ऋचष्तष्अब िऋबचभ त्चबष्लष्लन उपलब्ध गराउनुहोस् । यसका लागि ति ठाँउमा आवश्यक सामाग्री थप गर्नुहोस्।
विद्यमान स्रोत साधनको उच्चतम सदुपयोग गरेर ऋचष्तष्अब िऋबचभ पुर्याउनको लागि प्राविधिक सहयोग गर्न केन्द्रीय तहमा ऋचष्तष्अब िऋबचभ का विज्ञहरू सम्मिलित एक ऋचष्तष्अब िऋबचभ क्उभअष्बष्कित क्गउउयचत क्थकतझ बनाउनुहोस्।
संक्रमित व्यक्तिलाई सकेसम्म सघन भेन्टिलेटरमा पुग्नबाट जोगाउने मुख्य उपचार भनेको अक्सिजन उपचार हो । देशभर हजारौँलाई एकै
पटक अक्सिजन चाहिने अवस्था आउनसक्छ भन्ने ठानेर तत्काल आवश्यक अक्सिजनको व्यवस्था र प्रत्येक तहका अस्पतालमा यहथनभल कगउउष्भिक बलम भत्रगष्ऊभलत, बलतष्दष्यतष्अक, बलभकतजभतष्अक, कभमबतष्खभक, खबकयउचभककयचक लगायत आवश्यक औषधि, उपकरण पुर्याउने व्यवस्था गर्नुहोस् ।
प्रत्येक प्रदेशमा कम्तिमा एउटा अक्सिजन प्लान्ट बनाउन अविलम्ब शुरु गर्नुहोस्।
५। स्वास्थ्यकर्मीको सुरक्षा र प्रोत्साहनस् स्वास्थ्यकर्मी र सुरक्षाकर्मी संक्रमित हुने क्रम बढ्दो छ । यही गतिमा स्वास्थ्यकर्मी असुरक्षित हुने हो भने केही हप्तामा धेरै स्वास्थ्यकर्मी आफै अस्पताल, आइसोलेसन र क्वारेन्टाइनमा बस्ने अबस्था आउँछ । यसले कोभिड र नन९कोभिड दुवै सेवा प्रभावित हुन्छ । यसबारेमा गम्भीर ढङ्गले सोचेर सरकारले योजना बनाउनु आवश्यक छ । अतस्
अग्रभागका योद्धा स्वास्थ्यकर्मी असुरक्षित भएर र उनीहरूको आत्मबल कमजोर बनाएर यो युद्ध जित्न सकिदैन । स्वास्थ्यकर्मीलाई पर्याप्त मात्रामा पीपीई सेट र ल्ढछ मास्क लगायतका स्वास्थ्य सुरक्षा सामाग्री, सुरक्षा तालिम र आवश्यक प्रोत्साहन भत्ताको व्यवस्था र प्रभावकारी रूपमा कार्यान्वयनको सुनिश्चितता गर्नुहोस् ।
अग्रभागमा रहेर संक्रमितको व्यवस्थापन र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई छुट्टै क्वारेन्टाइन्आवासको व्यवस्था गर्नुहोस् ।
संक्रमित भएको अवस्थामा स्वास्थ्यकर्मीको उपचार गर्न निश्चित अस्पताल तोक्नुहोस् ।
स्वास्थ्यकर्मीको प्रोत्साहनको लागि जीवन बीमा, स्वास्थ्य बीमा र प्रोत्साहन भत्ताको तत्काल व्यवस्था गर्नुहोस् ।
६। सीमानाका र विदेशबाट आउने व्यक्तिका सन्दर्भमास् नेपाल बाहिरबाट स्वदेश फर्कनका लागि थुप्रै नेपालीहरू पर्खाइमा छन । भारतबाट नेपाल भित्रिन चाहानेहरूको संख्या पनि उत्तिकै छ । विदेशबाट आएका नेपालीहरूलाई व्यवस्थित रुपले क्वारेन्टाइनमा राखि परीक्षण गरेर मात्र घर पठाउनुपर्नेमा कतिपय देशबाट परीक्षण नै नगरिकन आएको र नेपालमा आएपछि पनि अधिकांशको परीक्षण नहुँदा समुदायमा संक्रमण फैलिने जोखिम बढेको छ । अर्कोतर्फ सरकारले गर्ने निर्णयमा अष्पष्टता र स्पष्ट योजना नहूँदा विदेशमा रहेका नेपाली अलमलिएको र अलपत्र परेको अवस्था छ । अतस्
कुन देशबाट कति नेपाली तत्काल ल्याउनु पर्नेछ त्यस सम्बन्धमा सम्बन्धित निकायसँग समन्वय गरी कहिले ल्याउने, कसरी ल्याउने, कति९कति ल्याउने, नेपाल आएपछि कहाँ राख्ने, कहाँ परीक्षण गर्ने लगायतको स्पष्ट योजना बनाउनुहोस् र त्यसको सही जानकारी गराउनुहोस् ।
भारत लगायत विभिन्न देशबाट आउन चाहने नागरिकलाई सुरक्षित तवरले ल्याउने र क्वारेन्टाइनमा राखी अनिवार्य परीक्षण गरेर मात्र घर पठाउने व्यवस्थालाई प्रदेश र स्थानीय तहसंग समन्वय गरी प्रभावकारी बनाउनुहोस् ।
नेपाल भारत सीमा नाकामा कडाइ गरी नागरिकलाई व्यवस्थित ढङ्गबाट मात्र ल्याउने संयन्त्र बनाउनुहोस् । प्रदेश र स्थानीय तहसँगको समन्वयमा व्यवस्थित र सुरक्षित क्वारेन्टाइनको व्यवस्था गर्नुहोस् ।
७। जनशक्तिको रोष्टर र औषधि उपकरणको पर्याप्त आपूर्तिस् अस्पतालमा बिरामी बढ्दै गएको अवस्थामा उपचार प्रभावित हुन नदिन नेपालमा विद्यमान सरकारी, निजी तथा गैरसरकारी स्तरमा रहेको विशेषज्ञ जनशक्ति, अन्य जनशक्तिको वास्तविक आकलन गरी सो को रोष्टर अपडेट गरी तयारी अवस्थामा राख्ने र योजनाबद्ध रूपमा परिचालन गर्ने व्यवस्था गर्नुहोस् । विद्यमान अस्पतालहरू, तिनीहरूको क्षमता, औषधि उपकरणको उपलब्धता अद्यावधिक गरी जोखिमको अनुमानको आधारमा आवश्यक स्वास्थ्य सामग्रीहरू समयमै आपूर्ति गर्ने, भण्डारण गर्ने र प्रयोग गर्नुपर्ने निकायमा पनि समयमै पर्याप्त रूपमा उपलब्ध गराउने संयन्त्र चुस्त बनाउनुहोस्।
प्रधानमन्त्रीज्यू,
ध्यानाकर्षण गराएका यी विषयहरू स्वास्थ्य क्षेत्रसंग मात्र सम्बन्धित विषय हुन । कोरोना महामारीले स्वास्थ्य बाहेक शिक्षा, कृषि, यायायात, पर्यटन, रोजगारी, पेशा व्यवसाय लगायत सवै क्षेत्रलाई अस्तव्यस्त पारेको छ । नागरिकको दैनिक जीवन नै खल्बलिएको छ । कैयनले रोजगारी गुमाएका छन । दैनिक श्रम गरेर जीवन धान्नेहरूलाई छाक टार्न कठिन भएको छ । व्यवसाय चौपट भएको छ । किसानलाई मल, विउ देखि कृषि उपजको विक्रिवितरणमा समस्या भएको छ । कतिपय नागरिकले औषधि समेत किनेर खान सकेका छैनन । यस्तो अवस्थामा सरकारले ुघर बस सुरक्षित बसु भनेर मात्र हुँदैन । तिनलाई मद्दत चाहिएको छ । तर, तिनका समस्यामा सरकार कहाँ छरु तर्साएर, कार्वाही गर्छु भनेर कानूनको दफा देखाएर मात्र सरकारको जिम्मेवारी पुरा हुँदैन । ति नागरिकलाइ ठोस मद्दत गर्ने योजना ल्याउनुहोस् । मसंग सरकार छ भन्ने अनुभुति दिलाउनुहोस् । राज्यले भरथेग गर्छ भन्ने विश्वास भयो भने मात्रै जीवन वचाउने यो लडाईमा सवै नागरिकको साथ पाउनुहुन्छ ।
अन्त्यमा,
गत फागुन९चैत्रमा ध्यानाकर्षण पत्र लेख्दा सरकारलाई साथ दिने इच्छा र उर्जाले भरिएको मेरो मन यस पटक आक्रोश र निराशाले भरिएको छ । संसदको साथ, सरकारसँग स्रोत, तपाईँसँग शक्ति, सबै तहको सरकार र निकायको समन्वय, नागरिकको पूर्ण सहयोग अनि पूर्व तयारी गर्न समय हुँदाहुँदै पनि तपाईँको अहंकार, गैरजिम्मेवारीपन, अकर्मण्यता, हेपाहा प्रवृत्ति र म बाहेक कोही जान्नेसुन्ने छैन भन्ने मपाईँपनाका कारण कोरोना संक्रमण नियन्त्रण बाहिर गयो । तपाईँको सारा सक्रियता आफ्नो कुर्सी र गुट जोगाउन र आफ्नाहरूको पक्षपोषणका लागि भइरहेको छ । तर संकटको घडीमा नागरिकको जीवन रक्षाका लागि पनि देशको प्रधानमन्त्रीबाट त्यस्तै किसिमको सक्रिय नेतृत्वको आशा राख्नु प्रत्येक नागरिकको स्वभाविक अपेक्षा पनि त हो । त्यसैले अब त तपाईँमा केही संवेदनशीलता पलाउला की, जनताको जीवनको विषय तपाईँको प्राथमिकतामा पर्ला की भन्ने कारुणिक आशावादका साथ ५ महिना अगाडि देखि निरन्तर उठाइरहेका विषयहरूलाई पूनस् यो पत्र मार्फत ध्यानाकर्षण गराएको हुँ । सरकारको सकारात्मक पहलमा समन्वय र सहयोगका लागि त हामी हरदम तयारै छौँ १ जय नेपाल१
गगन थापा
प्रतिनिधिसभा सदस्य
मिति२०७७ भाद्र २






प्रतिकृया