भजनी नगरपालिकामा फेरी १५० घर डुबानमा
प्रकाशित मिति
२०७७ श्रावण ३ गते, शनिबार ०७:२४
कैलाली, कैलालीको भजनी नगरपालिकामा १५० घर डुबानमा परेको छ । शनिबार विहान भएको वर्षाका कारण नदीमा आएको बाढीले डुबान भएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार काँढा नदीमा आएको बाढी गाउँमा पसेको छ ।

भजनी नगरपालिका–२ को मोहनपुर, वडा नम्बर ३ को काँढा र ढुसी गाउँका गरी करिब डेढ सय घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार गाउँमा बाढी पसे पनि ठूलो क्षति भएको छैन । वर्षेनी डुबान पर्ने यस क्षेत्रमा दुई हप्ता अगाडिमात्रै डुबान परेको थियो ।

यसैगरी, लम्कीचुहा नगरपालिकामा पनि डुबान भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ‘तर, त्यहाँको विस्तृत विवरण आएको छैन’, प्रहरी नायब उपरीक्षक बिष्टले भन्नुभयो । भजनी नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर, कैलारी गाउँपालिका, धनगढी उपमहानगरपालिकाको दक्षिणी क्षेत्र बाढी विपद्को जोखिममा रहेको छ ।



प्रतिकृया