• २१ भदौ २०८३, आइतबार
  • १ः२८ दिउँसो

ट्रक दुर्घटना हुदा एकजनाको मृत्यु , एक जना घाईते

प्रकाशित मिति

२०७७ असार २९ गते, सोमबार ०३:४७

धनगढी, कैलालीको चुरे गाउँपालिका वडा नं. ३ मा ट्रक दुर्घटना भएको छ । दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । सरिया सिमेन्ट बोकेर धनगढीबाट बझाङ तर्फ जादै गरेको से १ ख १७३१ नम्बरको ट्रक गएराति करिब १ बजेको समयमा दुर्घटना हुँदा बझाङको बुङगल नगरपालिका २ का अन्दाजी ५० वर्षीय रामबहादुर बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

National Life

दुर्घटनामा परि गम्भिर घाईते भएका बोहरालाई उपचारका लागि धनगढी स्थित सेती अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

सोही दुर्घटनामा परि बुङगल नगरपालिका २ कै ५० बर्षिय नारद सिह धामी घाईते भएका छन् । ट्रक आफै अनियन्त्रित भएर दुर्घटनामा परेको र चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया