कोरोना संक्रमणबाट कुन प्रदेशमा कति जना डिस्चार्ज भए (विवरणसहित)
प्रकाशित मिति
२०७७ असार २६ गते, शुक्रबार ०५:४७
काठमाडौं । नेपालमा थप १३९ जनामा कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ७ हजार ८ सय ९१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

हिजो थप १३९ जनामा कोरोना संक्रमण मुक्त भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

नेपालमा संक्रमितको कुल संख्या १६ हजार ५३१ पुग्यो
नेपालमा बिहीवार थप १०८ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ५३१ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार कोभिड १९ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । नेपालमा हिजो ९बुधवार० २५५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रदेशीक विवरण
प्रदेश नं १ः ५४३
प्रदेश नं २ः २२३४
वाग्मती प्रदेशः २८७
गण्डकी प्रदेशः ३५५
प्रदेश नं ५ ः२२९६
कर्णाली प्रदेशः१२३८
सूदुरपश्चिम प्रदेशः९३८




प्रतिकृया