• २४ भदौ २०८३, बुधबार
  • ८ः३४ राती

जिल्ला प्रहरी प्रमुखको सम्मानमा स्वागत

प्रकाशित मिति

२०७७ असार १२ गते, शुक्रबार ०२:४१

भक्तपुर, नेपाल स्काउट, जिल्ला स्काउट कार्यालय भक्तपुरद्वरा भक्तपुरका नयाँ प्रहरी उपरिक्षक तारादेबी थापाको सम्मानमा स्वागत कार्यक्रमको आयोजना गरियो ।

National Life

जिल्ला आयुक्त रामगोपाल कर्माचार्यको सभापतित्वमा सन्चालित उक्त कार्यक्रममा जिल्ला स्काउटका पदाधिकारिहरु, कर्यक्रम आयुक्त पुन्यराम गोठे,संगठन आयुक्त पवन बल्ल, पुर्व राष्ट्रिय तालिम आयुक्त भक्त राजभण्डारी, नायब प्रहरी उपरीक्षक दिलिप गिरि, मध्यपुर थिमि स्काउट स्थानिय आयुक्त हरिबहादुर श्रेष्ठ, भक्तपुर नपा स्काउट स्थानिय परिषदका संयोजक कृष्णसुन्दर प्रजापती, सुर्यबिनाय स्काउट स्थानिय परिषदका संयोजक कबिन्द्र राजभण्डारी लगायतका स्काउट लिडरहरु तथा रोभर रेन्जरहरुको उपस्थिति थियो ।

कार्यक्रममा सम्बोधन गर्दै प्रहरी उपरीक्षक श्री थापाले नेपाल प्रहरिले स्काउटसंग सहकार्य गर्दै जान आफू ईच्छुक रहेको बताउनु भयो । जिल्ला आयुक्त रामगोपाल कर्माचार्यले भक्तपुर स्काउटले धेरै अगाडिदेखी प्रहरिसंग हातेमालो गर्दै कार्यक्रम सन्चालन गरेको जानकारी गराउँदै श्री थापाको कार्यकालको पुर्ण सफलताको शुभकामना दिनुभयो । कार्यक्रम आयुक्त पुन्यराम गोठेले स्वागत गरेको सो कार्यक्रममा जिल्ला समन्वय आयुक्त शिवकुमार त्वायनाले सन्चालन गरेका थिए ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया