• २४ भदौ २०८३, बुधबार
  • ४ः४८ बेलुका

आरडिटी परिक्षण गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार

प्रकाशित मिति

२०७७ असार २ गते, मंगलवार ०१:३३

बाजुरा, बाजुराको हिमाली गाउँपालिका–५ कवाडीको क्वारेन्टिनमा बसेकाहरुले आरडिटी परिक्षण गर्न गएका स्वास्थ्यकर्मीमाथि ढुङ्गामुढा प्रहार गरेका छन् । भारतलगायत विभिन्न स्थानबाट घर फर्किएर वडा नं ५ को क्वारेन्टिनमा बसिरहेका उनीहरुले आरडिटी रिपोर्ट पोजेटिभ आएपछि स्वास्थ्यकर्मीमाथि हमला गरेका हुन्।

National Life

उनीहरु क्वारेन्टिनमा बसेको १४ दिन पूरा भएपछि आज अपराह्न गाउँपालिकाका स्वास्थ्य संयोजक राजबहादुर भण्डारी आफैँ आरडिटी गर्न पुगेका थिए। परीक्षणमा पोजेटिभ आएपछि उनीहरुे आक्रमण गर्दा छातीमा गम्भीर चोट लागको छ।

एनको अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भइरहेको प्राथमिक स्वास्थ्य केन्द्रका कोभिड– १९ रोकथाम तथा नियन्त्रण समिति फोकल पर्सन ओमजङ्ग शाहीले जानकारी दिए। स्वास्थ्यकर्मी भण्डारी अहिले बोल्न सक्ने स्थितिमा नभएको बताइएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया