अष्ट्रेलियाबाट नेपाल आउने चार्टर्ड उडान एक हप्ताका लागि स्थगित
प्रकाशित मिति
२०७७ असार २ गते, मंगलवार ०१:२८
एजेन्सी, अष्ट्रेलियाबाट नेपाली लिएर नेपाल आउने चार्टर्ड उडान स्थगित भएको छ । अष्ट्रेलियाको सिड्नीबाट यही असार ३ गते हुने भनिएको ‘उद्धार’ उडान स्थगित भएको हो ।
दूतावासले सो दिनको उडान ‘प्राविधिक कारण’ले सम्भव नभएको भन्दै नयाँ मिति सार्वजनिक गरेको छ । दूतावासले जारी गरेको सूचना अनुसार अष्ट्रेलियाको सिड्नीबाट अब असार ९ गते (२३ जुन) मा पहिलो चार्टर्ड उडान हुने छ । यसैगरी दोस्रो चार्टर्ड उडान मेलबर्नबाट असार १२ गते (२६ जुन)मा हुने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।
२ जुनसम्म नेपाल फर्कने फाराम भरेका नेपाली नागरिकहरुमध्ये नेपाल सरकारले तोकेको प्राथमिकताका आधारमा पहिलो र दोस्रो सूचीमा परेकाहरुलाई कन्फर्मसेनका लागि इमेल गरिसकिएको दूतावासले जनाएको छ । फाराम भरेका अन्य व्यक्तिहरुलाई पनि क्रमशः इमेल गरिने सूचनामा उल्लेख छ ।

Related
Recent News
- अब जुनसुकै ब्राण्डको ग्यास सिलिन्डर अर्को ब्राण्डसँग साट्न पाइने
- संसद् पुनर्स्थापना एमालेको एजेन्डा बन्न सक्छ : महेश बस्नेत
- बैंकिङ प्रणालीबाट आज ५५ अर्ब झिक्दै राष्ट्र बैंक
- प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा पौने १२ अर्ब जम्मा
- रसुवा बाढीको क्षति मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्री वाग्लेको निर्देशन
- रवि लामिछानेले आज संसदमा सम्बोधन गर्ने
- कुमारी बैंक कार्बन लेखांकनसम्बन्धी विश्वव्यापी पहल PCAF मा आबद्ध
- रसुवामा डिशहोम र युटेलस्याट वनवेबको निःशुल्क स्याटेलाइट इन्टरनेट
- वर्ल्डलिंकद्वारा बाढी प्रभावितका लागि १ करोड १ लाख राहत सहयोग
- साउनमा घरजग्गा कारोबार ९.३९ प्रतिशतले बढ्यो, राजस्व १६.९२ प्रतिशतले उकालो
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया